२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी « Khabarhub

२८ करोड बिगोको मुद्दामा रविसँग अदालतले माग्यो ६५ लाख धरौटी


२५ पुस २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालत कास्कीले सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी मागेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले साता लामो थुनछेक बहसपछि बिहीबार साँझ उक्त आदेश दिने क्रममा ६५ लाख रुपैयाँ धरौटी मागेका हुन् ।

अदालतले मागेको धरौटी बुझाएमा रवि बिहीबार नै रिहा हुने छन् । तर काठमाडौं र चितवनसहितका जिल्लामा मुद्दा बाँकी रहेकाउले उनी फेरि समातिन सक्नेछन् ।

उनी गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेर कास्की प्रहरीको हिरासतमा थिए । रविविरूद्ध प्रहरीले सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराध अभियोग पनि लगाएको थियो ।

यसअघि गत ७ पुसमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेविरुद्ध २७ करोड रुपैयाँ बिगो दाबीसहित जिल्ला अदालत कास्कीमा मुद्दा लगेको थियो ।

सूर्यदर्शन सहकारी संस्थाको बचत रकम ठगीसम्बन्धी आरोपमा गत कात्तिक २ गते काठमाडौंको बनस्थलीबाट पक्राउ परेका लामिछानेविरुद्ध तीनवटा कसुरमा मुद्दा अघि बढाइएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले पूर्वगृहमन्त्री लामिछानेविरुद्ध २७ करोडभन्दा बढीको बिगो मागदाबीसहित मुद्दा अगाडि बढाएको थियो ।

लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दातर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको निष्कर्षसहित मुद्दा लगिएको थियो । तर करिब २८ करोड बिगो दाबी गरिएको मुद्दामा अदालतले रविसँग ६५ लाख धरौटी मागेको हो ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहिबार  ६ : १२ बजे

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने

नवरात्रको अन्तिम दिनः सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना

काठमाडौँ- शारदीय नवरात्र अथात् दुर्गा पक्षको दशौँ दिन दसैँ घर

स्वाद मात्र होइन, खाना नेपाली संस्कृति पनि हो : वरिष्ठ सेफ केसी

काठमाडौँ- खाना जिब्रोको स्वादका लागि मात्र नभएर शारीरिक स्वास्थ्यका लागि

गण्डकीमा सघन उपचारका लागि २५ शय्या थप

कास्की- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २५ शय्याको