पोखरामा धरौटी बुझाएमा रविलाई पक्रेर काठमाडौं पठाइने « Khabarhub

पोखरामा धरौटी बुझाएमा रविलाई पक्रेर काठमाडौं पठाइने


२५ पुस २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

पोखरा– जिल्ला अदालत कास्कीको आदेशअनुसार ६५ लाख धरौटी बुझाएमा रवि लामिछानेलाई पुन: पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासबाट छुटे पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई पक्राउ गरेर काठमाडौं पठाउने तयारीमा प्रहरी लागेको छ।

अदालतले मागेअनुसार धरौटी बुझाएमा उनलाई पक्राउ गरेर काठमाडौं पठाउने गरी प्रहरीले तयारी गरिसकेको स्रोतले जनाएको छ। सरकारी वकिलको कार्यालयले अदालतमा लगेको अभियोगपत्रमा रविलाई ‘तत्काल छुटी जाने भएमा’ प्रहरीलाई नै जिम्मा लगाइदिने माग गरिसकेको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा खेपेका उनीसहित सातजना आरोपीलाई अदालतले तोकिएअनुसारको धरौटी लिएर छाड्न भनिसकेको छ।

प्रहरीले रविविरुद्धको सहकारी ठगी प्रकरणमा मात्रै आदेश आएको जनाएको छ। संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आदेश नआएको तर्क प्रहरीको छ।

रविविरुद्ध जिल्ला अदालत काठमाडौं यही आइतबार मुद्दा दर्ता भइसकेको छ । रुपन्देहीमा पनि मंगलबार काठमाडौंको जस्तै मुद्दा चलिसकेको छ । चितवन र पर्सामा पनि मुद्दा अघि बढ्दैछ । त्यहीकारण अब रविलाई पोखराबाट काठमाडौंमा मुद्दा अघि बढाउन पठाउने तयारी प्रहरीले गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०८१, बिहीबार  ६ : ५५ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र