आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री « Khabarhub

आर्थिक विकासमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री


२६ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट पर्यटन व्यवसायीहरूको छाता संस्था नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनको चौथौ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन पर्यटन क्षेत्रको ठूलो भूमिका रहेको बताए ।

अर्थमन्त्री पौडेलले पर्यटन क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रूपमा समाधान गर्दै अगाडि बढ्ने बताए । “पर्यटन व्यवसाय मुलुकको अर्थतन्त्रको विकासका लागि महत्त्वपूर्ण खम्बाको रूपमा रहेको छ, यस क्षेत्रमा देखिएका समस्याको दिर्घकालीन रूपमा समाधान गर्न सरकार प्रतिबद्ध छ”, उनले भने।

वर्तमान सरकार गठन भएपछि पर्यटन क्षेत्रका समस्या बुझ्ने र समाधान गर्ने प्रयासहरू सुरू भइसकेको उल्लेख गरे। मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुनुपर्ने उनको भनाइ छ ।

मन्त्री पौडेलले नेपालमा पर्यटनको सम्भावना भएका क्षेत्रको अधिकतम उपयोग गर्दै यसलाई अन्तर्राष्ट्रियकरण गर्न सके धेरैभन्दा धेरै पर्यटकहरू भित्रिने बताए ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ९ : १६ बजे

घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु, बुबा घाइते

दाङ – दाङको घोराहीमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु

गगन थापा मुलुकको नेतृत्व गर्न तयार : उपसभापति शर्मा

झापा – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार

प्रधानमन्त्री कप क्रिकेटः बैतडीको शानदार सुरुआत

बैतडी – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोटमा

आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छ : उपाध्यक्ष थापा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले

टी–२० विश्वकपमा भारतसँगकाे खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ मा पाकिस्तानले भारतसँग हुने