आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल पुस २७ गते शनिबारको राशिफल


२७ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल पुस २७ गते शनिबार तदनुसार सन् २०२५ जनवरी ११ तारिख। पुस शुक्ल पक्षको द्वादशी तिथि। राष्ट्रिय एकता दिवस। पृथ्वी जयन्ती। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : व्यापारमा लाभ हुनेछ। पुरानो लगानीबाट धन प्राप्त हुनेछ। सन्तानले उचित बाटो अंगालेकाले मन शान्त बन्नेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। राज्यका उच्च अधिकारीबाट हौसला मिल्नेछ। परिवारबाट भन्दा बाहिरबाट तपाईंको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सहज बन्ने योग छ।

मिथुन : सोचेको काम नबन्ने जोखिम छ। खर्च बढ्नेछ। अप्रिय कुरा सुनाएमा मनमा पीडाबोध हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल भए पनि व्यापारमा घाटा हुनेछ। प्राविधिक शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

कर्कट : ११ औं स्थानमा चन्द्रमा पुगेकाले शान्त भएर काम गरेमा दिन सहज बन्नेछ। काम गर्दा धैर्यता आवश्यक हुन्छ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त बन्नेछ।

सिंह : दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हु्नेछ। परिवारसँगको घुमघामले खर्च बढ्नेछ। गुरुबाट असहयोग हुने भएकाले मेहनतको आवश्यकता छ। परीक्षामा नतिजा खराब आए पनि धैर्य बन्नुपर्ने समय छ।

कन्या : मुल त्रिकोणमा चन्द्रमा र वृहस्पति पुगेका छन्। आज सुरुवात गरेको शिक्षाले दीर्घकालसम्म फाइदा हुनेछ। स्वास्थ्यले साथ दिने योग छ। परिवारसँग बसेर रमाइलो गर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने ठगबाट सचेत बन्नुपर्ने समय छ।

तुला : आफ्नो माया गर्नुपर्ने समय आएको छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिएकाले मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : घरभित्र बस्दा मन शान्त बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा परिश्रमको आवश्यकता देखिन्छ। परिवारसँगको प्रेम सम्बन्ध सुमधुर बन्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ।

धनु : अप्रिय समाचार सुन्नाले मन अशान्त बन्नेछ। स्वास्थ्यले साथ दिनेछ। राज्यको तर्फबाट तपाईंका कामजोरीको खोजी भइरहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ। बिहान गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

मकर : दिन सहज छ। सञ्चित धन खर्च भए पनि सम्मान प्राप्त हुनेछ। सहकर्मीसँगको सहकार्यबाट फाइदा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारमा सचेत भएर अगाडि बढ्नुपर्नेछ।

कुम्भ : साना कुराले मनमा झन्झट बढ्नेछ। जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएमा आज तपाईंको काम बन्नेछ। दक्षिणको लामो यात्रा नगर्नु फाइदा हुनेछ। विपक्षी साथीको साथ प्राप्त हुँदा समयको सदुपयोग गर्नु राम्रो हुनेछ।

मीन : सञ्चित धन खर्च हुनेछ। खर्च कटौती गर्ने समय छ। व्यापारमा गरेको लगानी बढ्नेछ। लगानी विस्तार हुँदा मन शान्त बन्नेछ। सहकर्मीले तपाईंको कुरा काट्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ।

प्रकाशित मिति : २७ पुस २०८१, शनिबार  ५ : १३ बजे

गौतमबुद्धका दर्शनको उपयोग गर्न आवश्यक : सञ्चारमन्त्री

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाज रूपान्तरणमा

स्वतन्त्र प्रेस र सुसूचित नागरिक प्रजातन्त्रका पहरेदार : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्वतन्त्र प्रेस र सुसूचित

भारत-पाकिस्तान तनाव र नेपालमा आर्थिक असर

भारत–पाकिस्तानको वर्तमान अवस्था भारत र पाकिस्तानबीच सम्बन्धको पृष्ठभूमि हेर्ने हो

उपत्यकाका नदीनाला स्वच्छ बनाउन सरकार क्रियाशील छ : मन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकाका नदीनाला

प्रदीप नेपालको देहावसानले अपूरणीय क्षति : नेकपा (मसाल)

काठमाडौं : नेकपा (मसाल) ले दिवंगत नेता प्रदीप नेपालप्रति श्रद्धाञ्जली