एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना « Khabarhub

एसिड आक्रमणको त्रास– १५ महिनामा ७ वटा घटना



काठमाडौं– शुक्रबार विहानै करिव ६ः१५ बजे विद्यालय जाने क्रममा पर्सामा १५ वर्षीया किशोरीमाथि एसिड प्रहार भयो ।

वीरगञ्ज महानगरपालिका छपकैया स्थित आफनो घरबाट विर्तामा रहेको त्रिभुवन माध्यमिक विधालय जाने क्रममा वीरगञ्जको गणेशमान चोकमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्रसिंह राठोरका अनुसार, स्थानीय १६ वर्षीय सम्साद मिया र सोही उमेरका माजिद आलमले खातुनमाथि प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार गरेका हुन् ।

चिकित्सकहरुका अनुसार, एसिड प्रहारबाट खातुनको दाहिने गाला, छाती र हात जलेको छ । अहिले प्रहरीले एसिड प्रहारमा संलग्न मुख्य व्यक्ति सम्साद मियालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

विरगञ्जमा भएको यो एसिड आक्रमणको घटना पछिल्लो उदाहारण मात्र हो । प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो १५ महिनाको अवधिमा मात्र ७ वटा एसिड आक्रमणका घटना भएका छन् ।

एसिड आक्रमणको १५ महिने श्रृङ्खला

– २०७६ भदौ २० गते विहान, प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै पर्साको विरगञ्जमा १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार ।
– २०७६ जेठ १ गते बुधबार राति, काठमाडौंको कालोपुलमा २२ बर्षीया जोनी खड्कामाथि आफ्नै श्रीमानबाट एसिड आक्रमण ।
– २०७५ पुस १८ गते, पोखरा महानगरपालिका २९ आदर्शनगरमा २० बर्षीय डोल्मा रुम्बा आफ्नै श्रीमानबाट एसिड आक्रमण
– २०७५ असोज ८ गते राति, पूर्वी नवलपरासीको कावासोतीमा २० बर्षीया बसन्ती परियार माथि एकसाथ एसिड र छुरा आक्रमण, एकतर्फी प्रेमका कारण आक्रमण भएको खुलासा
– २०७५ असोज ३ गते, पारिवारीक कलहका कारण अछामको तुर्माखाद गाउँपालिकामा ६ महिनाका एक बालक माथि एसिड प्रहार ।
– २०७५ भदौ २६ गते, रौतहट चन्द्रपुरका सुतिरहेको अवस्थामा १८ वर्षीया सम्झनाकुमारी दास र १५ वर्षीया सुस्मिता कुमारी दासमाथि एकसाथ एसिड प्रहार भयो ।
– २०७५ बैशाख १० गते, चितवन टाँडी अस्थायी ट्राफिक पोष्टका प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाँबाट नै भरतपुरमा स्थानीय कल्पना श्रेष्ठमाथि एसिड प्रहार ।

यी त पछिल्लो १५ महिनाको अवधिमा देखिएका घटना मात्र हुन् । अहिले सम्मको तथ्याङ्क हेर्ने हो भने नेपालमा एसिड आक्रमणका घटना पटक–पटक दाहोरिएका छन् ।

एसिडको मुख्य निशानामा युवती

अहिलेसम्म भएका एसिड आक्रमणका घटनाहरुको अध्ययन गर्दा प्रायजसो महिलालाई चरम यातना, पीडा दिने, कुरुप र अन्धो तथा अपांग बनाउने उद्देश्यबाट भएको देखिन्छ ।

पूर्वएआइजी नवराज ढकाल, बढीजसो घटना एकतर्फी प्रेममा हुने गरेको इगोको भावनाले भएको बताँछन् । उनका अनुसार, अपराधी मनसाय भएका ब्यक्तिले वातावरण उपयुक्त देख्ने बित्तिकै मनमा दुरासय भाव ल्याई यस्ता प्रकुतिका घटना घटाउने गरेका छन् । एसिड प्रहारका घटना बढीजसो तराइका जिल्लाहरु देखिएका छन् । यसबाहेक शहरी क्षेत्रमा पनि एसिड आक्रमण भएको देखिन्छ ।

पूर्वएआइजी ढकालका अनुसार, कहिले दाइजोको बहानामा त कहिले प्रेम प्रस्ताव स्वीकार नगरेको भन्दै महिलामाथि यस्ता हिंसा भइरहेका छन् ।

हुनपनि एसिड आक्रमण कुनै विशेष जाति, धर्म वा भौगोलिक स्थानमा मात्र सीमित छैन, यो एक विश्वव्यापी समस्याको विषय हो । एसिड पछिल्लो समयमा आएर महिला हिंसाको लागी हतियारको रुपमा संसार भरी नै प्रयोग भएको पाइन्छ ।

अपराध शास्त्री प्रा. माधवराज आचार्य समाजमा यस्ता अपराधिक गतिविधी बढ्दै जानुमा असक्षम प्रहरी, सरकारको गैरजीम्मेवार व्यवहार भएको तर्क गर्छन् । उनी भन्छन् – सरकारकै लाचारीका कारण अपराधीको मनोबल बढेको छ । त्यसैले यस्ता घटना पटक पटक दोहोरिरहेका छन् ।

प्रकाशित मिति : २० भाद्र २०७६, शुक्रबार  २ : ४० बजे

लज्जास्पद हारसँगै एमाले-नेकपाका कार्यकर्ता चिन्तित : नेतृत्वले देखाए सुध्रिने संकेत

काठमाडौं- फागुन २१ गतेको निर्वाचनमा सर्मनाक हारसँगै नेकपा (एमाले) र

गृहमन्त्रीसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष धादिङ बस दुर्घटना छानबिन कार्यदलले प्रतिवेदन

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

थाइल्याण्डबाट चीन फर्काइएका ४० उइग्युरको अवस्थाप्रति राष्ट्रसंघको चिन्ता

काठमाडौं- जेनेभास्थित संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायुक्तको कार्यालय ओएचसीएचआरले

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध