सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन « Khabarhub

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सीजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

यी शाखाहरूमा ग्राहकले रेफ्रिजरेटर, वाशिङ मेसिन, एलईडी टिभी, चिम्नी, ग्यास चुल्हो, भान्साका उपकरणलगायतका इलेक्ट्रोनिक्स उत्पादनहरू पाउन सक्नेछन् ।

जहाँ अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट ब्रान्डहरू जस्तै: एलजी, सीजी, टीसीएल, गोदरेज, बेको, माइडिया, केन्ट, एलिका, सेन्सेइ, ब्ल्याक डेकर, क्रमस्टन, नोथिङ र एप्पल आइफोनलगायतका उत्पादनहरू उपलब्ध छन् ।

कम्पनीका अनुसार यहाँ भएका विद्युतीय सामग्रीको पूर्ण जानकारी र यस अवसरमा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।, तर, यो छुट सीमित अवधिका लागि मात्र मान्य हुनेछ।

कम्पनीका अनुसार यसमा फ्री डेलिभरी, फ्री इन्सटलेसन, अन स्पोट इएमआई, एक्सचेन्ज अफसर, र लियालिटी पोइन्ट्स जस्ता सुविधाहरू पनि समावेश छन् ।

कम्पनीले नयाँ शाखाहरूमा फ्री कुकिङ क्लास र लाइभ डेमोको समेत व्यवस्था गरेको छ, जसमा सहभागी भएर खाना पकाउने कला सिक्न सकिने छ ।

यी ५ वटासमेत गर्दा सीजी डिजिटलका शाखाहरूको संख्या २७ पुगेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ४३ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम