‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’ « Khabarhub

‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दल फुटाउने र मिलाउने काम आफ्नो नभएको बताएका छन् ।

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई सोमबार प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल फुटाउनेसम्बन्धी अध्यादेश ल्याउन लागेको भनेर झूट र नकारात्मकता फैलाइएको गुनासो गरे ।

कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको पनि उनले स्पष्ट पारे । विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आए संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको बताए ।

तर विरोध भएपछि फिर्ता लिएको बताउँदै तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने व्यवस्थासहित दल विभाजन गराएको उनले स्मरण गरे । आफू त्यस्तो कु-कर्म गर्ने मनसायमा नरहेको जवाफ उनले दिए ।

प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यस विरोध भयो भन्ने झूटो वक्तव्य प्रचार गरिएका घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा उल्लेख गरे ।

बाँकी अध्यादेशलाई राति राति जारी गर्‍यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरुले दिन र रात नभनी काम गरेको जिकिर गरे ।

‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन’, उनले भने, ‘देशको हितमा खुलेआम काम गर्ने हो । राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेमा त्यो राम्रो हुन्छ र?’

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ११ बजे

ओलीको निष्कर्ष : एघारौँ महाधिवेशनले एमालेलाई झन् बलियो शक्तिका रूपमा उभ्यायो 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक

कफी उत्पादक किसानलाई ‘व्यावसायिक कफीखेती प्रविधि तालिम’

धुलिखेल–  काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकाका कफीखेती गर्दै आएका किसानहरूलाई ‘व्यावसायिक

लहान यातायात व्यवस्था कार्यालयबाट भोलि पनि सेवा प्रवाह हुने

लहान– यातायात व्यवस्था कार्यालय लहानले पृथ्वी जयन्तीका दिन पनि सम्पूर्ण

मर्मतपछि यातायात व्यवस्था विभागको आफ्नै भवनबाट सेवा सुरु (तस्बिरहरू)

काठमाडौं – नेपाल यातायात व्यवस्था विभागकको कार्यालयले आफ्नै भवनबाट सेवा दिन

एमाले केन्द्रीय कमिटी बैठक : विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा 

ललितपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको