मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै « Khabarhub

मोर्चा बनाउने दिशामा मधेसकेन्द्रित दल, कार्यदलको पहिलो बैठक बस्दै


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन तयारीलाई तीव्र बनाएका छन् ।

संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले मोर्चा गठन गर्ने तयारीसहित कार्यदल बैठक राख्न लागेका हुन् ।

यी दलको कार्यदलको पहिलो बैठक मंगलबार बिहान १० बजे समर्पण एकडेमी, धुम्बाराहीमा बस्ने भएको छ ।

बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव र मोहम्मद इस्तियाक राई सहभागी हुने छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट राजकिशोर यादव सहभागी हुनेछन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट जितेन्द्र सोनल र सुरेन्द्र झा सहभागी रहने छन । डा. सीके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खान र शरद यादव सहभागी हुने भएका छन् ।

त्यसैगरी, संसद बाहिरका दलहरूमध्ये जन प्रगतिशील पार्टीबाट शिवजी यादव तथा राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा भाग लिने भउका छन् । तराई-मधेस लोकतान्त्रिक पार्टीबाट वृषेश चन्द लाल उपस्थित हुनेछन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  २ : ४४ बजे

एक हजार ५९५ पदाधिकारी एकैपटक पदमुक्त : कुन क्षेत्रमा कति ? (विवरणसहित)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त

‘मेरो स्कुल’ कृति सार्वजनिक

काठमाडौं – लेखिका मीना खड्काको पहिलो कृति ‘मेरो स्कुल’ सार्वजनिक

कुन-कुन निकायका पदाधिकारीहरू हुँदैछन् पदमुक्त ? (सूचीसहित)

काठमाडाैं – राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर