घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने « Khabarhub

घर पठाइदिन रविको आग्रह सुनेनन् न्यायाधीशले, बुधबारसम्म हिरासतमै रहने


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अब बुधबारसम्मलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहने भएका छन् ।

लामिछानेको तर्फबाट थुनछेक बहस सकिए पनि जाहेरीवालाको तर्फवाट सुरू भएको बहस नसकिएपछि लामिछानेलाई न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतमै राख्ने गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

सोमबार थुनछेक बहसका क्रममा रविले आफूलाई हिरासतमा नभई घर पठाइदिन आग्रह गरेका थिए । उनले आफू घर जान चाहेको बताए पनि आदेश नआउन्जेललाई हिरासतमै रहने गरी इजलासबाट आदेश भएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अधिकारीको एकल इजलासमा यो मुद्दामा बहस भइरहेको छ । आइतबार पनि अदालतमा पेस गर्ने गरी न्यायाधीशबाट प्रहरीको जिम्मा लगाउने आदेश भएको थियो । त्यसपछि रविलाई काठमाडौं प्रहरी परिसरको भीआईपी हिरासतमा लगिएको थियो।

सोमबार पनि उनी कार्यालय खुल्नेबित्तिकै अदालतल पुगेका थिए । तर, थुनछेक बहस नसकिएपछि उनलाई हिरासतमै बस्ने आदेश भएको हो ।

अदालतले कास्की जिल्ला अदालतले झैँ धरौटी मागेमा रवि छुटने छन् । यदि पुर्पक्षका लागि अदालतले थुनामा पठाएमा रविको संकट बढ्ने छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।

पोखराबाट छुटेपछि उनी आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भए । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएकोले काठमाडौंमा पनि बयान चलेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएको थियो।

उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप लामिछानेसहितलाई लागेको छ ।

आइतबार सरकारी वकिलको तर्फबाट बहस सकिएसँगै सोमबार जाहेरवालाको तर्फबाट बहस भएको हो । जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्तात्रयय दिनेश त्रिपाठी, स्वागत नेपाल र सुरेन्द्र भण्डारीलगायतले बहस गरेका छन् । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्दै छन्।

सोमबार बिहान बहस सुरु हुनुअघि न्यायाधीश अधिकारीले सरकारी वकिलका तर्फबाट २ घन्टा र लामिछानेका तर्फको बहस सवा १ घण्टामा सक्न निर्देशन दिएका थिए। तर, समय सीमाभित्र बहस नहुँदा बुधबारसम्म रविको बास हिरासतमै हुने भएको हो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ४ : ४८ बजे

बालेन र रविको वार्ता चल्दै गर्दा कुमार बेनको घरमा सुधन पनि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सर्लाही– यहाँको बलरा नगरपालिका–१० सुदमामा मोटरसाइकल दुर्घटना हुँदा रामनगर गाउँपालिकाका

ओलीको कटाक्ष : देशका चर्चित भनिएका मानिसहरू नसामा भेटिन्छन्

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशका चर्चित भनिएका

जेन-जी आन्दोलनकामा आगजनी गरिएको कांग्रेस कार्यालय पुनः निर्माण गरिँदै (तस्बिरहरू) 

काठमाडौं– भाद्र २४ गते जेन-जी आन्दोलनका क्रममा आगजनी गरिएको ललितपुरको सानेपास्थित

१७ वर्षपछि तारिक रहमानको स्वदेश फिर्ती

एजेन्सी – सत्र वर्ष लामो निर्वासनपछि बङ्गलादेश नेसनालिस्ट पार्टी (बिएनपी) का