हिमालयन बैंकको ३२‍औँ साधारणसभा सम्पन्न « Khabarhub

हिमालयन बैंकको ३२‍औँ साधारणसभा सम्पन्न


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिमालयन बैंक लिमिटेडको ३२‍औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैक तथा यसका सहायक कम्पनीहरू सहितको आ.व. २०८०/८१ को एकीकृत वित्तीय विवरण पारित गरेको छ । 

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले शेयरधनीहरुलाई बैंकको दरबारमार्ग स्थित आफ्नै जग्गामा भवन निर्माण गरी उक्त शाखालाई स्थानान्तरण गरी सोही आर्थिक वर्षबाट हिटी दरबार शाखाको नामबाट बैंकिङ्ग सेवा संचालनमा ल्याइसकेको जानकारी गराए । 

तथापि सेवाको शुभारम्भ सोही स्थानबाट गरेको हुँदा बैंकले संचयकोषको उक्त भवनको प्रबलीकरण पश्चात् ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि आवश्यक स्थान पुनः भाडामा लिने प्रक्रियामा रहेको पनि जानकारी गराए  ।

यसका साथै बैंकले नयाँ सडकमा पनि बैंकले आफ्नै जग्गामा शाखा कार्यालयको लागि भवन निर्माण कार्य  प्रारम्भ गरिसकेको जानकारी गराए  ।

बैंकका अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ का प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान संकुचित आर्थिक परिवेशको अवस्थामा पनि र्बैकको खुद मुनाफा एक अर्ब तेइस करोड त्रियासी लाख तीन हजार रुपैयाँ रहेको र अन्य व्यापक आय  गणना गर्दा बैंकको खुद आम्दानी एक अर्ब दुई करोड ३९ लाख एक हजार रुपैयाँ रहेको जस मध्ये अनिवार्य जगेडाकोषमा सो वर्षको खुद मुनाफाको २० प्रतिशतले हुन आउने चौबीस करोड ७६ लाख साठी हजार रुपैयाँ छुट्याइएको जानकारी दिए । 

यसै गरी बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा ६.८९ प्रतिशतले वृद्धि भई  दुई खर्ब सन्तानब्बे अर्ब बहत्तर करोड त्रिपन्न लाख रुपैयाँ पुगेको, कर्जा सापट १.७९ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब दश करोड ९० लाख रुपैयाँ रहेको जानकारी गराए  । 

सो अवधिमा बैंकको कुल सम्पत्ति ६.४२ प्रतिशत र खुद सम्पत्ति ३.१४ प्रतिशतले वृद्धि भई क्रमशः तीन खर्ब ५५ अर्ब त्रिहत्तर करोड ५८ लाख रुपैयाँ र ३६ अर्ब ६२ करोड ३१ लाख रुपैयाँ पुगेको पनि जानकारी गराए  । 

नियमनकारी निकाय नेपाल राष्ट्र बैंक तथा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट जारी निर्देशनको अधीनमा रही कर्जामा सम्भावित नोक्सानीको लागि उल्लेख्य रकम व्यवस्था गर्नु परेकोले समीक्षा वर्षमा बैंकले २ अर्ब ८८ करोड ५४ लाख रुपैयाँ मात्र संचालन मुनाफा आर्जन गरेको र खुद मुनाफा १ अर्ब २३ करोड ८३ लाख रुपैयाँमा सीमित भएको जानकारी दिए । 

यस समीक्षा वर्षमा बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको परिधिभित्र रही १ अर्ब १२ करोड ४३ लाख ४८ हजार रुपैयाँ कर्जा तथा व्याज अपलेखन गरेको छ भने विगत वर्षहरूमा अपलेखन भएका कर्जाबाट १ करोड ४ लाख १८ हजार रुपैयाँ असुली गर्न सफल भएको बैंकले जनाएको छ । 

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ०२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार