नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ « Khabarhub

नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम । नेपाल रेल्वेका एक कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल रेल्वे कम्पनीका कर्मचारी रितेश यादवलाई धनुषा प्रहरीले ठगीको आरोपमा पक्राउ गरेको हो ।

उनलाई धनुषाको वैदेही स्थित नेपाल रेल्वेको कर्मचारी आवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका एक अधिकारीले भने ‘यादवमाथि काठमाडौं प्रहरी परिसरमा ठगी सम्बन्धी जाहेरी परेपछि त्यँहाबाट आएको पत्रका अधारमा नियन्त्रणमा लिएका छौं । उनी आजै दिउँसो २ बजेतीर वैदेही स्थित कर्मचारी अवासबाट पक्राउ परेका छन् । थप अनुसन्धान हुँदैछ ।’

यादव सप्तरी जिल्लाको राजविराज निवासी हुन् । उनलाई नेपाल रेल्वेका महाप्रबन्धक निरंजन झाले २०७८ चैतमा नियुक्त गरेका थिए ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ८ : ५२ बजे

पाकिस्तानमा पोलियो सङ्क्रमण आधा घट्यो

एजेन्सी– पाकिस्तानले सन् २०२५ मा पोलियोका घटनाहरू अघिल्लो वर्षको तुलनामा

अहिलेको अवस्थामा चुनाव पहिलो प्राथमिकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक

बाँकेमा बीस नयाँ मतदान केन्द्र कायम

नेपालगन्ज– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

थाइल्यान्डद्वारा १८ जना कम्बोडियाली सैनिक रिहा

एजेन्सी– दुई राष्ट्रहरू बिचको नयाँ युद्धविरामले उनीहरूको विवादित सीमामा लामो