श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ « Khabarhub

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ ।

घरायसी विवादका क्रममा २४ वर्षीया श्रीमती अस्मिता थापामगरलाई गोली हानेर हत्या गरेको भन्दै ३२ वर्षीय डम्बरबहादुर थापामगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले मादकपदार्थ सेवन गरेका थापामगर आफ्नो घरमा रहेको एकनाले भरुवा बन्दुकले छातीमा गोली प्रहार गरी हत्या गरेका जानकारी आएको बताए ।

लगत्तै प्रहरीचौकी बागबजारका प्रहरी निरीक्षक चन्द्रसिंह धामीको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको र थापामगरलाई घरदेखि करिब दुई सय मिटर टाढा जङ्गलमा भरुवा बन्दुकसहित भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको उनले बताए ।

हाल निजलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएका छन् ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : ०१ बजे

अन्तरनिकाय समन्वय नहुँदा खानेपानी लाइनमा छ करोड ५९ लाख बराबरको क्षति

काठमाडौं– सरकारी निकायबीच एक आपासमा समन्वय नगरी काम गर्दा काठमाडौँ

बाजुरा र हुम्लाको सीमाको अध्ययन गर्न समिति गठन

काठमाडौं– सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमासम्बन्धी प्राविधिक पक्ष अध्ययन

‘बहाल-बहिल’ संस्कृतिको पुनरूत्थानमा काव प्रमुख डङ्गोलको प्रतिबद्धता

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले बौद्ध परम्परामा आधारित

उद्योगमन्त्रीले भनिन्- हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद, अब सरकारले चलाउँछ

बागमती– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि आर्थिक

कान्स अवार्ड जित्ने फिल्मको टोलीलाई सरकारले सम्मान गर्ने

काठमाडौं – कान्स चलचित्र महोत्सवमा दोस्रो महत्त्वपूर्ण प्रतिस्पर्धामा ‘अन सर्टेन