युद्ध विरामको बाटोमा इजरायल र हमास « Khabarhub

युद्ध विरामको बाटोमा इजरायल र हमास


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

दोहा – दोहामा भएको वार्ता अनुसार पहिलो चरणको युद्ध विराम अन्तरगत ३३ जना बन्दी छाड्न हमास तयार भएको इजरायली अधिकारीले जानकारी दिएका छन्। पहिलो चरणमा ४२ दिन युद्ध विराम हुनेछ। यस बीचमा छाडिने ३३ जना बन्दीमा धेरै जना जीवितै रहेका छन्। मृत्यु भइसकेको बन्दीको शव पनि सँगै दिइने अनुमान गरिएको छ।

६ अक्टोबर २०२३ का दिन हमास र यसका सहयोगीले बन्दी बनाइएका मध्य ९४ जना अझै बाँकी छन्। सो ९४ जना बन्दी मध्य कम्तीमा ३४ जना मारिएको अनुमान गरिएको इजरायली अधिकारीले जनाएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सोमबार वक्तव्य जारी गर्दै यसलाई समाधान गर्नका लागि परेको बताए। ‘अहिले बन्दी रिहाइ, युद्ध रोक्ने, इजरायलको सुरक्षा तथा हमासले सुरु गरे यता अप्ठेरोमा परेकालाई मानवीय सहयोग लगायत विषयमा वार्ता भइरहेको छ,’ बाइडेनले भने।

बन्दी तथा हराइएकाका परिवारले मंगलबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट्ने कार्यक्रम पनि बनाएका छन्। पहिलो चरणमा ३३ जना रिहाइ भए पनि दोस्रो चरणको वाताले युद्धको अन्त्य गर्न सक्ने अनुमान गरिएको छ। युद्ध विरामको १६ औँ दिनमा पुग्दा लगभग यसको टुङ्गो लाग्ने छ।

पहिलो चरणको वार्तामा इजिप्ट गाजा बोर्डरमा रहेको फिलाडेल्फी कोरिडोरको विषयमा पनि छलफल हुनेछ। पछिल्लो पटक सेप्टेम्बरमा भएको वार्तामा पनि कोरिडोरमा इजरायली सेनाको उपस्थितिको विषयमा छलफल भएको थियो।

गाजामा रहेको बफर जोन र यसको भूगोलको विषयमा पनि छलफल हुने जनाइएको छ। हमासले बफर जोन सीमाबाट तीन सयदेखि पाँच सय मिटरसम्म हुनुपर्ने जनाएको छ। इजरायलले भने दुई हजार हजार मिटर चाहेको छ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  ५ : ४६ बजे

‘केपी ओली मात्रै होइन, पहिलो पुस्ताका सबै नेता बिदा हुनुपर्छ’

काठमाडौं- नेकपा एमालेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पहिलो पुस्ता

‘लागूऔषध दुर्व्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागूपदार्थ दुर्व्यसनी नियन्त्रणका

किएभमा ओरेसनिक प्रहार

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले किएभ क्षेत्रमा गरिएको सामूहिक

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ : आर्थिक मामिलामन्त्री कार्की

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले

म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट डा लामा सम्मानित

काठमाडौं– म्यानमार सरकारको ‘महासद्धम्म जोतिकधज’ धार्मिक उपाधिबाट खेन्पो छिमेद छेरिङ