ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत ! « Khabarhub

ब्राजिलमा भेटियो अचम्मको माछा – मान्छेका जस्ता दाँत !


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

रियो दि जिनरियो- संसारमा माछाका धेरै प्रजाति रहेका छन्, तिनीहरूको पनि आफ्नै विशेषता छ । तीनको आकार प्रकार फरक हुनेदेखी कुनै माछाको तौल बढी हुन्छ भने केहीको लम्बाइमा बढी हुन्छ। 

यसै सिलसिलामा ब्राजिलमा माछाको नयाँ प्रजातिको माछा फेला परेको छ । अचम्मको कुरा भनेको यो माछाको दाँत मानिसको जस्तै देखिन्छ ।

ब्राजिलकी एक महिलाले खानको लागि बजारबाट माछा किनेर घरमा ल्याएकी थिइन् । ग्रिलिङका लागि सफा गरिरहेकै बेला अचानक उनको नजर माछाको दाँतमा पर्‍यो । माछाको दाँत देखेर उनको आँखा रसाए किनभने वास्तवमा माछाको दाँत मानिसको जस्तै देखिन्थ्यो, उनले यसअघि कुनै माछाको यस्तो दाँत देखेका थिइनन् ।

त्यसपछि ती महिलाले माछाको भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिन् । नेटिजन्सले माछाको दाँत सामान्यभन्दा अलि ठूला र मानिसको दाँतको आकारमा भएको पनि पाइन् ।

सामुद्रिक जीव वैज्ञानिकहरूका अनुसार माछाले पानीमा रहेको शेलफिस र अन्य ठोस चीजहरू खानका लागि मानवजस्तै दाँत विकास गर्दै आएको छ । अहिले जीव वैज्ञानिकहरू त्यो माछाको तौल र आकारबारे थप जानकारी सङ्कलनमा व्यस्त रहेको जनाइएको छ ।

मिडिया रिपोर्टका अनुसार त्यस्तो माछा भेट्ने महिलाको नाम पाउला हो । उनी आफ्नो परिवारको खानाको लागि माछा ग्रिल गर्दै थिइन् । यसै क्रममा अचानक उनको नजर माछाको दाँतमा पर्‍यो र ती दाँत सामान्य भन्दा ठूला देखिएका थिए ।

पाउलाले माछाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनले माछालाई मुख खोलेको देखिरहेको थियो । यो भिडियोमा माछाको बङ्गारा र दाँत मानिसको जस्तै देखिए पछि अहिले सर्वत्र चासोका साथ हेरिन थालेको छ । -न्युजकारखानाबाट साभार

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  २ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको