सरकारसँग ६ माग राखेर ऊर्जा व्यवसायीले पत्रकार सम्मेलन गर्दै  « Khabarhub

सरकारसँग ६ माग राखेर ऊर्जा व्यवसायीले पत्रकार सम्मेलन गर्दै 


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारसँग ६ माग राखेर आज ऊर्जा व्यवसायीहरूको अर्को संस्था ग्रीन इनर्जी अन्टरप्रेनर्स नेपालले पत्रकार सम्मेलन राखेको छ । 

सञ्चालनमा रहेका ५१० मेगावाट बराबरका ११० वटा जलविद्युत आयोजनाहरू मध्ये अधिकांश जलविद्युत आयोजनाहरू घाटा भएकाले ऋण प्रवाह गर्ने बैङ्कहरूले केही आयोजनाहरूलाई लिलाम गर्ने प्रक्रियामा लगेको विषयमा आफ्नो धारणा राख्तै पत्रकार सम्मेलन गर्ने भएको छ । 

साना जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले साना जलविद्युत् आयोजनाहरुलाई कसरी दिगो सञ्चालन गर्ने र लगानीकर्ताहरूको हितको लागि कसरी आयोजनाहरूलाई सञ्चालन गर्ने भन्ने सिलसिलामा एउटा बहस प्रारम्भ गर्न सम्मेलन राखिएको छ । 

अन्टरप्रेनर्सले पीपीएमा भएका असमानता हटाउन र विद्युत् खरिददर वृद्धि गर्न, उत्पादन अनुमतिको अवधि ५० वर्ष कायम गर्न, १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनाको अनुमति पत्रमा भएको ३५ वर्षे बन्देज हटाउन, प्रसारण लाइन र ग्रिड कनेक्सन सम्झौताहरूमा भएका असमानता र प्राविधिक पक्षहरूको पुनरावलोकन गर्न, पूर्ववतरुपमा जविआहरुको लागि विदेशबाट खरिद गर्नुपर्ने हरेक उपकरण, स्पेयर्स पाट्र्स र सेवाहरूमा अधिकतम १ प्रतिशत कर लागु गर्न र वैकल्पिक व्यवस्था मार्फत विद्युत् उत्पादन गरिरहेका आयोजनाहरूको असमान करारनामा तत्काल हटाउन माग राख्तै पत्रकार सम्मेलन राखेको छ । 

संस्थाले होटेल होलिडे इन एक्प्रेश, जिम्मु थकाली किचेनमा आज बिहान ८ः३० बजेबाट पत्रकार सम्मेलन राखेको हो ।

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ४३ बजे

सत्कारले लोभिन्छन् घरबासका पाहुना

गलकोट– साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा

बाख्रामा ‘पिपीआर’ रोगको सङ्क्रमण पुष्टि

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा ‘बाख्राको हैजा’ भनेर

मतदान अवधिमा आकस्मिक स्वास्थ्य सेवाका लागि मन्त्रालयले सातै प्रदेशमा तोक्यो सम्पर्क व्यक्ति 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित

पाँच वर्षे मार्गचित्र सार्वजनिक गर्दै चीनको वार्षिक राजनीतिक अधिवेशन सुरु

बेइजिङ– सुस्त बन्दै गएको अर्थतन्त्र, उच्च युवा बेरोजगारी र बाह्य

निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय

काठमाडौं– गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी