पर्वत कारागारमा आमासँगै बालिका थुनामा « Khabarhub

पर्वत कारागारमा आमासँगै बालिका थुनामा


१ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


849
Shares
  • change font
  • change font
  • change font

पर्वत – जिल्ला कारागार पर्वतमा एक चार वर्षीया बालिका विगत पाँच महिनादेखि बन्दी जीवन बिताउन बाध्य छिन् ।

झोलामा कापी–कलम बोकेर विद्यालय जाने उमेरमा एनी मोक्तान यतिबेला कारागारको चिसो छिडीमा आमासँगै थुनामा रहेकी हुन् ।

मकवानपुरको कैलाश गाउँपालिका–४ घर भई हाल कुश्मा नगरपालिका–७ खरेहा बस्दै आएकी एनी आमा रोशनी नेपालीसहित गत असोज ७ गतेदेखि कारागारमा छिन् ।

आमा रोशनी लागुऔषध बेचबिखन मुद्दाको सुनुवाइको क्रममा पुर्पक्षका लागि थुनामा रहेका कारण उनी पनि कारागारमा बस्दै आएकी हुन् ।

एनीको हेरचाह गर्ने कोही नभएका कारण आफूले सँगै राख्दै आएकोे आमा २७ वर्षीया रोशनीले बताइन् । रोशनीसँगै रेखा नेपाली र सिरिसा परियार पनि अवैध लागुऔषध बेचबिखन तथा ओसारपसार मुद्दामा गिरफ्तार भई गत असोज ७ गते पुर्पक्षका लागि जेल चलान भएका थिए ।

एनीको घरमा हेरचाह र संरक्षण गर्ने व्यक्ति कोही नभएका कारण आमा रोशनीले आफूसँगै राख्दै आएको जिल्ला कारागारका सूचना अधिकारी महेन्द्र रेग्मीले बताए । उक्त मुद्दाको हालसम्म फैसला हुन नसकेको उनले बताए । रासस

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : १८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको