व्हाट्सएपमा नयाँ फिचर, सेल्फीलाई स्टिकरमा पठाउन सकिने « Khabarhub

व्हाट्सएपमा नयाँ फिचर, सेल्फीलाई स्टिकरमा पठाउन सकिने


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– व्हाट्सएपले क्यामेरा इफेक्ट, कस्टम सेल्फी स्टिकर र स्टिकर प्याकहरू सेयर गर्ने जस्ता नयाँ सुविधाहरूको सुरु गरेको छ । 

ह्वाट्सएपले प्रयोगकर्ताको अनुभवलाई थप सुधार गर्न र सन्देश प्रवाहलाई रमाइलो बनाउन डिजाइन गरिएका थप सुविधासहित नयाँ वर्षको सुरुवात गरेको हो ।  

क्यामेरा प्रभावहरूको नयाँ अनुभव 

गत वर्ष भिडियो कल इफेक्टको सफलतापछि, व्हाट्सएपले अब प्रयोगकर्तालाई फोटो र भिडियोमा ३० भन्दा बढी ब्याकग्राउण्ड, फिल्टर र इफेक्टहरू थप्न दिएको । यो सुविधाले दैनिक कुराकानीमा मानिसलाई आकर्षण बढाउने विश्वास कम्पनीको छ ।

सेल्फी स्टिकरमा नयाँ विकल्प

स्टिकर प्रेमीका लागि व्हाट्सएपले सेल्फी स्टिकर दिएको छ । अब प्रयोगकर्ताले सेल्फी लिएर त्यसलाई तुरुन्तै स्टिकरमा परिणत गर्न सक्छन् । तपाईंले स्टिकर बटनमा ट्याप गर्नेबित्तिकै सेल्फी लिने विकल्प पाउनुहुन्छ, जसलाई एक सुन्दर स्टिकरमा रूपान्तरण गर्न सकिन्छ । यो सुविधा हाल एन्ड्रोइड मोबाइलमा उपलब्ध छ । चाँडै आईओएस प्रयोगकर्ताहरूलाई पनि यो सुविधा दिने तयारी छ ।

स्टिकर प्याकहरू 

यदि तपाईंले स्टिकर प्याक फेला पार्नुएमा तपाईंको साथीहरूमध्ये एकले मन पराउन सक्छन्, तपाईं अब यसलाई च्याटमा तिनलाई सोझै सेयर गर्न सक्नुहुन्छ । यो सुविधाले स्टिकर सेयरमा अनुभवलाई अझ सरल बनाउँछ ।

द्रूत प्रतिक्रिया सुविधा 

व्हाट्सएपले सन्देशहरूमा प्रतिक्रिया दिन पनि सजिलो बनाएको छ । अब प्रयोगकर्ताले सन्देशलाई डबल-ट्याप गरेर तिनीहरूको सबैभन्दा धेरै प्रयोग गरिएका इमोजीसहित तुरुन्तै प्रतिक्रिया दिन सक्छन् । यसले प्रतिक्रिया दिने प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने बताइएको छ । व्हाट्सएपका यी नयाँ सुविधाले प्रयोगकर्तालाई अझ राम्रो, सरल र रमाइलो अनुभव दिने अर्को कदमका रुपमा कम्पनीले ब्याख्या गरेको छ । -नवभारतटाइम्सबाट साभार 

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  २ : २१ बजे

काभा भलिबल : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालले माल्दिभ्सलाई पराजित गर्दै सेन्ट्रल एसियन भलिबल एसोसिएसन

पत्रिकालाई फसाउन घुस र मदिरा ? चिनियाँ दूतावासले भन्यो : नियोजित रूपमा बदनाम गराउने प्रयास

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले सञ्चारमाध्यमका केही पत्रकारहरूलाई घुस दिएर एक

सरकारको कार्यशैलीप्रति एमालेको आपत्ति, स्वेच्छाचारी भएको आरोप

काठमाडौं – नेकपा (एमाले)को सचिवालय बैठकले वर्तमान सरकारको कार्यशैलीप्रति गम्भीर

एमाले केन्द्रीय समिति बैठक असारमा बस्ने

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कमिटी बैठक असारमा मात्रै बस्ने

आफूविरुद्ध नेताहरू खनिएपछि रिसाए ओली

काठमाडौं – नेकपा एमालेको चार दिन लामो सचिवालय बैठक आज