करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक « Khabarhub

करातेमा नेपाललाई छ स्वर्णसहित २५ पदक


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले तेस्रो अन्तर्राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा ६ स्वर्णसहित २५ पदक जितेको छ । नेपालले ६ रजत र १३ कास्य पदक समेत प्राप्त गरेको छ ।

भारतको असम राज्यको गुवाहटीमा भएको उक्त प्रतियोगितामा होमबहादुर राई, रसिला श्रेष्ठ, सिवानी आले मगर, जेनो पुन, अर्जुन अधिकारी र आशिष तामाङले नेपालका लागि स्वर्ण पदक हात पारे ।

त्यसैगरी विवेक नेपाली, आरोज तामाङ, सतालीराज बुढा, साम्राज्ञी चौधरी, रोजी फगामी मगर र निर्जला ओलीले रजत प्राप्त गरे ।

यस्तै सार्थक शाही, प्रलिशा प्रधान, ऐश्वर्य बुढा, इल्भा सिंह, युदिका राणा, प्रनिश बर्देवा, रेहान श्रेष्ठ, उदय परियार, महेन्द्र कार्की, अङ्कित पाठक, रोहित श्रेष्ठ, साजन नेपाली र करण औडले कास्य पदक प्राप्त गरे ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ७ : ५७ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा