खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली « Khabarhub

खो खो विश्वकप : उपाधि जित्न चुक्यो नेपाली महिला टोली


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली महिला टोली पहिलो खो खो विश्वकपमा उपविजेता बनेको छ । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी इन्डोर हलमा आइतबार भएको फाइनलमा नेपाल आयोजक भारतसँग ७८–४० ले पराजित भयो । भारतले अपराजित रहँदै उपाधि जितेको हो ।

नेपाली महिला टोलीले पहिलो विश्वकप सहभागितामै रजत जितेर इतिहास रचेको छ । नेपालले सेमिफाइनलमा युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

महिला खो खो टोली सरस्वती कडायतको कप्तानीमा विश्वकप खेलेको हो । टोलीमा मानमती धामी, पूजा ओड, आशा थारु, दीपा बिक, निशा शाही, कर्माकुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना विक, दीपाकुमारी बिक,खुश्बु राना, वर्षा पण्डित, गीता चौधरी र अनिशा गोले छन् ।

महिला टिम प्रशिक्षकमा लक्ष्मीनारायण बैद्य हुन् । नेपालको पुरुष टोलीले पनि आजै भारतसँग उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ८ : ११ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा