नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो « Khabarhub

नाइजेरियामा ट्याङ्कर विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ८६ पुग्यो


६ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

लागोस – नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटनमा परी मृत्यु हुनेको सङ्ख्या बढेर ८६ पुगेको छ । साठी हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर शनिबार देशको मध्य भागमा सडकमा पल्टिएपछि विस्फोट भएको अधिकारीहरूले बताएका छन् ।

नाइजर राज्यको आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता इब्राहिम औदु हुसेनीले भने,“ट्याङ्कर विस्फोटबाट मृत्यु हुनेको अन्तिम सङ्ख्या ८६ पुगेको छ ।”

“हामीले हिजो दिउँसो १२ बजेदेखि आज दिउँसो २ बजेसम्म ८६ जलेका शवलाई गाड्यौं । हामीलाई शव गाड्न १४ घण्टा लाग्यो किनभने हामीले खन्नेहरू पाउन सकेनौं र म्यानुअल रूपमा सामूहिक चिहान खन्न स्थानीयहरूलाई बोलाउनुप¥यो । अन्य ५२ जना विस्फोटबाट गम्भीर जलेको छ ।”

सङ्घीय राजधानी कादुनासँग जोड्ने सडकमा डिक्को जंक्शनमा विस्फोट भएको हो ।सन् २०२३ मा राष्ट्रपति बोला टिनुबुले इन्धन सब्सिडी समाप्त गर्नुभयो, जसले खाना र यातायात लागत बढ्यो ।

इन्धन ट्याङ्कर विस्फोटमा राष्ट्रपतिले गहिरो दुःख व्यक्त गरे । साथै, इन्धनको गम्भीर जोखिम र वातावरणीय खतराहरूको बारेमा जनचेतना जगाउन राष्ट्रिय अभियानको लागि उनले आदेश दिए ।

अक्टोबरमा, उत्तरी नाइजेरियाको जिगावा राज्यमा यस्तै दुर्घटनामा १७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । सन् २०२० मा, फेडरल रोड सेफ्टी कोप्र्सले एक हजार ५३१ इन्धन ट्याङ्कर दुर्घटनाहरू सूचीबद्ध गरेको छ, जसले ५३५ भन्दा बढीको ज्यान लियो ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ९ : ५४ बजे

कान्समा अवार्ड जितेर फर्किएको फिल्म ‘इलिफेन्ट इन द फग’ टोलीलाई विमानस्थलमा स्वागत

काठमाडौँ- कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको फिल्म ‘इलिफेन्ट इन द

सुकुम्बासी बस्ती खाली गरेपछिको थापाथली (तस्बिरहरू)

काठमाडौं– सरकारले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाइएपछि बागमती नदी किनार क्षेत्र

पोखरा महानगरको योजना : फिर्के खोलाको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

कास्की– पोखरा महानगरपालिका विगत लामो समयदेखिको प्रयासपछि फिर्केको अतिक्रमण हटाउन

मुटु, मिर्गौला र कलेजोका लागि कागती पानी कति फाइदाजनक ?

नेपाली समाजमा कागती पानीका फाइदाहरूबारे विभिन्न भ्रम र यथार्थहरू प्रचलित

गुप्तेश्वर गुफामा पर्यटकको भीड : एकै दिनमा पाँच लाखको टिकट बिक्री

गण्डकी– ऐतिहासिक, धार्मिक एवं पुरातात्त्विक महत्त्व बोकेको गुप्तेश्वर गुफाले एकैदिनमा