वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन | Khabarhub Khabarhub

वीरगञ्ज भन्सारबाट छ महिनामा ८० अर्ब राजस्व संकलन


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ८० अर्ब पाँच करोड ५१ लाख राजस्व संकलन गरेको छ । 

भन्सार विभागले कार्यालयलाई चालु आवको छ महिनाको अवधिमा एक खर्ब चार अर्ब १८ करोड राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । तर कार्यालयले सो अवधिमा कुल लक्ष्यको ७६ दशमलव ८४ प्रतिशत राजस्व संकलन गरेको छ । 

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले सवारीसाधन र पेट्रोलियम पदार्थमा आयात बढेसँगै राजस्व संकलनमा सुधारोन्मुख रहेको बताए। 

‘सवारीसाधनको आयात र पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्व संकलन पनि उत्साहजनक देखिएको छ,’ उनले भने, ‘साउनयताकै पुस महिनामा उच्च राजस्व संकलन भएको छ ।’

वीरगञ्ज भन्सारले चालु आवको साउन महिनामा १२ अर्ब १५ करोड राजस्व संकलन गर्‍यो । त्यसैगरी, भदौमा १३ अर्ब ४२ करोड, असोज महिनामा १३ अर्ब ४७ करोड राजस्व संकलन गरेको थियो । त्यसैगरी, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो । पुसमा चालु आवकै सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड राजस्व संकलन गरेको हो । 

कार्यालयले चालु आवको छ महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३६ दशमलव ५६ प्रतिशत राजस्व संकलन गरेको हो । भन्सार विभागले कार्यालयका लागि वार्षिक दुई खर्ब १८ अर्ब ९५ करोड रकम राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिदिएको छ । 

त्यसैगरी, सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि चालु आवको छ महिनाको अवधिमा  २३ अर्ब ३४ करोड ३३ लाख राजस्व संकलन गरेको छ । कार्यालयले कुल वार्षिक लक्ष्यको ३८ दशमलव ८७ प्रतिशत राजस्व संकलन गरेको हो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  २ : १३ बजे

मुलुकभर ९४ प्रतिशत धान रोपाइँ, उत्पादन घट्न सक्ने अनुमान

काठमाडौं– मुलुकभर हालसम्म ९४.१५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ

‘अपाङ्गमैत्री सेवा प्रवाहमा काठमाडौं महानगरको प्रयास उल्लेखनीय’

काठमाडौं– काठमाडौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई दया र मायाको आधारमा

मधेसमा छोरी शिक्षा बिमा कार्यक्रम स्थगित

महेन्द्रनगर– मधेस प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्रीले

बलिउडको चर्चित फिल्म ‘ककटेल’को सिक्वेल बन्ने 

काठमाडौं– बलिउड चर्चित फिल्म ककटेलको सिक्वेल निर्माण हुने भएको छ।

मध्यचमेलिया बनाइरहेको दार्चुला पावरले आईपीओ ल्याउने

काठमाडौँ– दार्चुला पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन