अर्थमन्त्री भन्छन्- कृषि उत्यादन र रोजगारी बढाउन बैंकहरूले लगानी गरून् | Khabarhub Khabarhub

अर्थमन्त्री भन्छन्- कृषि उत्यादन र रोजगारी बढाउन बैंकहरूले लगानी गरून्


७ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले बैंकहरूको कर्जा प्रवाहमा समस्या रहेको बताएका छन् ।

कृषि विकास बैंक लिमिटेडको ५८ औँ वार्षिकोत्सवलाई सोमबार सम्बोधनका क्रममा अर्थमन्त्री पौडेलले बैंकहरूको निक्षेपको अनुपात बढे पनि कर्जा प्रवाह हुन नसकेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कृषि उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनामा बैकंहरूले लगानी गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले बैंकको व्यवस्थापन र कर्मचारीबीचको सम्बन्ध सुमधर हुन नसक्दा उद्देश्य हासिल हुन नसकेको बताए ।

बैंकको क्षमता, सामर्थ्य र प्रतिष्ठा पहिलो प्राथमिकतामा राखी, कार्यसूची बनाई अगाडि बढ्न सबै कर्मचारीलाई उनले आग्रह गरे ।

बैंक प्रभावकारी रुपमा अगाडि बढ्दा समग्र कर्मचारीकै प्रतिष्ठामा वृद्धि हुने उनको तर्क थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बैंकहरूमा अराजक प्रवृत्ति मौलाएको बताए ।

ऋण लिइसकेपछि तिर्दिनँ भन्ने परिपाटी विकास हुँदा अर्थतन्त्रमा केही समस्या देखिएको उनले बताएका छन् ।

यद्यपि यसका बावजुद पनि समग्र मुलुकको अर्थतन्त्र सुधारउन्मुख रहेको उनले उल्लेख गरेका छन् ।

मुलुकको राजस्व, तरलतामा वृद्धि वित्तीय व्यवस्थापनमा सुधार भइरहेको गर्भनर अधिकारीले बताएका छन् ।

उक्त अवसरमा कार्यसम्पादनमा उत्कृष्ट कृषि बैंकका कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०८१, सोमबार  ३ : १९ बजे

सडक अवरुद्ध भएपछि ‘द क्लिफ’ पुलबाट एक महिनासम्म निःशुल्क हिँड्न दिइने

कुश्मा- पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्ने कालीगण्डकीमाथि निर्मित एशियाकै

दोर्दी खोलामा एक युवक बेपत्ता

लमजुङ – यहाँस्थित दोर्दी खोलामा पौडी खेल्ने क्रममा बगेर एक

एनआईसी एशिया बैंकका ग्राहकलाई स्काइ ब्रोडब्याण्ड इन्टरनेट सेवामा छुट

काठमाडौं– एनआईसी एशिया बैंकका ग्राहकलाई इन्टरनेट सेवामा विशेष छुट उपलब्ध

आवश्यक संरचना निर्माण गरेर सहकारी व्यवस्थापन गर्छौं : मन्त्री अधिकारी

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी

‘उपयुक्त वातावरण बनेपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ’

सुदूरपश्चिम– नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले उपयुक्त वातावरण