नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण  | Khabarhub Khabarhub

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिममा कम्बल वितरण 


८ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । 

भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो । 

बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी–१ का वडा अध्यक्ष इन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । 

यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खास गरी वृद्ध वृद्धा, बालबालिका र सुत्केरीलाई कम्बल वितरण गरिएको बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यस पटक कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।

त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यस वर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए । 

वि.सं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भई ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्‍याएको थियो । 

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  ६ : १६ बजे

आजका समाचार : नेपालमा एमसीसी नरोकिने, दीपक मनाङेको सांसद पद खारेज र अमेरिकासामु आत्मसमर्पण गर्न मानेन इरान

द्रुतमार्गबारे आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाईप्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आदिवासी

पर्यापर्यटन विकास गर्न हिमालको प्रवर्द्धन आवश्यक : राजदूत पार्क

काठमाडौं– नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालको पर्यापर्यटनको

सुशासनका लागि स्थायी सरकार आवश्यक : सभापति खतिवडा

पाटन– राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सुशासनका

नयाँदिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै

एमालेलाई आत्मसमीक्षा गर्न सुझाउँदै प्रकाश पौडेल भन्छन्- भोलि ‘मरेँ मरेँ’ भन्दा पनि कार्यकर्ताले साथ नदेलान्

काठमाडौं- अनेरास्ववियुको २४ औँ महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार प्रकाश पौडेलले