सन्दीपको आजको खेलले जित्ला प्रशंसकको मन? « Khabarhub

सन्दीपको आजको खेलले जित्ला प्रशंसकको मन?


११ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामछाने आज (शनिबार) दोस्रो खेल क्वेटा ग्लाडियर्टसविरुद्ध खेल्ने भएका छन् ।

दुबईको सारजहा क्रिकेट मैदानमा हुन खेलमा सन्दीपको टीम लाहोरले ग्लाडियटैर्सविरुद्ध सवा ५ बजे खेल्नेछन् ।

योसँगै सन्दीपको पीएसएलमा दोस्रो खेल हुनेछ । यसअघि उनले मुल्तान सुल्तानविरुद्ध खेल्दै पीएसएलमा डेब्यु गरेका थिए । डेब्यु खेलमा सन्दीपले रनमा नियन्त्रण गर्न नसक्दा ४६ रन खर्चे पनि ३ विकेट लिन सफल भएका थिए ।

पहिलो खेलमा सुल्तानविरुद्ध खेलेका सन्दीप आजको खेलमा प्लेइङ सेटमा पर्लान? भन्ने जिज्ञासा आम नेपाली क्रिकेट प्रशंसकको छ ।

लिगमा ४ खेल खेलिसकेको लाहोरले २ खेलमा जीत हासिल गरेसँगै ४ अंकसहित लिगको चौथो स्थानमा छ । यस्तै, ग्लाडियटर्सले खेलेको तीनै खेलमा जीत निकाल्दै ६ अंक सहित शीर्ष स्थानमा छ ।

विश्वका ठूल्ठूला फ्रेन्चाईज लिगहरुमा आफ्नो उपस्थिती बलिायो बनाइरहेका सन्दीपले २०१८ को आईपीएलमा दिल्ली डेयरडेभिल्सबाट खेलेका थिए । उनलाई यो वर्ष पनि दिल्ली क्यापीटल्स (दिल्ली डेयरडेभिल्सको नाम परिवर्तन गएिको) ले रिटेन गरिसकेको छ ।

यसै रिजनमा सन्दीपले अस्ट्रेलियाको प्रतिष्ठित ट्वान्टी २० लिग बिग बासमा मेलबर्न स्टार्सबाट खेलेका थिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ५० बजे

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५–जी सेवा सुरु

कोलम्बो- श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५–जी मोबाइल सेवाको व्यावसायिक

सीमा विवादका कारण कम्बोडियामा जनजीवन प्रभावित : १९ जनाको मृत्यु, हजारौँ विस्थापित

न्होम्पेन– कम्बोडियामा थाइल्यान्डसँगको सीमाक्षेत्र विवाद जारी रहँदा १९ जना नागरिकको