अर्थसंक्षेप : भिसा नलागेका विद्यार्थीको रकम राज्यको कब्जामा, पेट्रोलियम पदार्थबाट १७ अर्ब राजस्व संकलन « Khabarhub

अर्थसंक्षेप : भिसा नलागेका विद्यार्थीको रकम राज्यको कब्जामा, पेट्रोलियम पदार्थबाट १७ अर्ब राजस्व संकलन


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बुधबार बढेको नेप्से परिचसूचक बिहीबार भने ११ अंकले घटेको छ । सरकारले पेट्रोलियम पदार्थको आयातबाट १७ अर्ब राजस्व संकलन गरेको छ ।

बिहीबार सुनको मूल्यमा गिरावट आएको छ । सरकारले विदेशी विश्वविद्यालयमा भिसा नलागेका विद्यार्थीको शिक्षा सेवा शुल्क महिनौँसम्म होल्ड गर्ने गरेको छ ।

आजका आर्थिक समाचार :

भिसा नलागेका विद्यार्थीको करोडौँ रकम राज्यको कब्जामा

एमएसी अध्ययन निम्ति गोरखाकी एक विद्यार्थीले नेपालको शिक्षा मन्त्रालयबाट वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएर अध्ययन निम्ति अमेरिका जान दुई पटकसम्म प्रयास गरिन् ।

त्यहाँको विश्वविद्यालयमा अध्ययन गर्न भर्ना स्वीकृत हुनुअगावै ३० लाख नेपाली रुपैयाँ जम्मा गरेर आवेदन प्रक्रिया अघि बढाउनुपर्ने रहेछ ।

व्यापार गर्दा १६ दिन हिरासत बसेका लक्ष्मण आचार्य !

एक करोड रुपैयाँ लगानी गरी प्युठान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि नाममा टोखामा हार्डवेयर व्यवसाय गरिरहेका आचार्यल निर्माण सामग्री बेच्ने गरेका छन् ।

अरूको हार्डवेयर पसलमा काम गरेर केही अनुभव बटुलेपछि आचार्य आफैँले व्यवसाय खोल्ने सोच बनाए । सामान ल्याएर बेच्न पनि थाले । व्यवसायले गति लिँदै गयो । व्यवसाय विस्तार गर्ने क्रममा टोखामा थप एउटा हार्डवेयर पसल खोले ।

पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको छ महिनामा वीरगञ्जबाट ८७ अर्ब ३२ करोड ३९ लाख ४० हजार बराबरको डिजेल,पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएशन टर्बाइन फ्युल (एटिएफ),मट्टितेल आयात हुँदा रु ३६ अर्ब ९६ करोड ३६ लाख २४ हजार राजस्व संकलन गरेको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवको छ महिनामा पेट्रोलियम पदार्थ आयातबाट चार अर्ब बढी राजस्व संकलन भएको छ । चालु आवको छ महिनामा ४२ अर्ब २४ करोड बराबरको चार लाख ७९ हजार सात सय ९९ किलोलिटर डिजेल आयातबाट १८ अर्ब ९८ करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

११ अंकले घट्यो नेप्से

आज सेयर कारोबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५ बिन्दुमा पुगेर बन्द भएको हो । नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

स्याङ्जामा १४ वटा शीत भण्डार निर्माण

स्याङ्जामा शीत भण्डार स्थापनासँगै यहाँ उत्पादित कृषिजन्य वस्तुको भण्डारमा सहज भएको छ । कृषिजन्य वस्तु उत्पादन भएकै समयमाभन्दा केही समय भण्डारण गरेर बिक्री गर्दा राम्रो बजार मूल्य पाउने भएकाले जिल्लाका विभिन्न पालिकामा शीत भण्डार स्थापना गरिएको हो ।

विशेष गरी जिल्लामा धेरैमात्रामा उत्पादन हुने सुन्तला, आलुलगायतका कृषिजन्य उत्पादनको भण्डारणका लागि शीत भण्डारले सहज भएको हो ।

सुनको मूल्य घट्यो

नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार छापावाल प्रतितोला १ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार सुन तोलामा १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । यससँगै आज चाँदीको मूल्य तोलामा १ हजार ८७५ रुपैयाँ कायम भएको छ।

सगरमाथा यात्रा दस्तुर बढ्यो, विदेशीले थप ४ हजार डलर तिर्नुपर्ने

नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरबाट बढाएर १५ हजार डलर पुर्‍याइएको छ, जो ३६ प्रतिशत बढी हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अधिकृत माधव अधिकारीले भने, ‘नयाँ दर आगामी सेप्टेम्बर १, २०२५ देखि लागू हुनेछ तर यो वसन्तमा माउन्ट एभरेस्ट चढ्न चाहनेहरूले बढी शुल्क तिर्नु पर्दैन,’ उनले भने ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ७ : ०८ बजे

टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा

अमेरिका– टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना

उच्च क्षमताका प्रसारण लाइन निर्माणमा सरकारको उच्च प्राथमिकतामा

काठमाडौँ– सरकारले उत्पादित बिजुलीलाई प्रमुख लोड सेन्टरहरुसम्म पुर्‍याउन, बढी भएको

आमाले मकै पोलेर घर चलाएपछि कमेडीमा जमेका कर्मा

काठमाडौँ- सबैको विगत हुन्छ, कसैको राम्रो त कसैको नराम्रो ।

नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी

नवलपरासी– नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सडक निर्माण सम्पन्न भएका स्थानमा

सम्झौता विपरीतका इँटा प्रयोग गरेपछि पर्खाल भत्काइयो

खोटाङ– निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता विपरीत