११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट | Khabarhub Khabarhub

११ अंकले घट्यो नेप्से, कारोबारमा पनि भारी गिरावट


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज सेयर कारोबार  नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ११.१० अंकले घटेर ६५४.३५  बिन्दुमा पुगेर बन्द भएको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार परिसूचक घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको देखिएको छ ।

बिहीबार ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर किनबेच भएको थियो । जसबाट ७ अर्ब ८५ करोड  ७७ लाख  ९२ हजार ३२६ रुपैयाँ बराबर कारोबार भएको छ ।

हिजो अर्थात् बुधबार भने ५२.३६ अंकले बढेर बन्द भएको सेयर बजारमा ९ अर्ब २० करोड मूल्य बराबरको कारोबार भएको थियो, यसको तुलनामा झन्डै २ अर्ब कम कारोबार भएको हो ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ३ : ४५ बजे

कोलम्बियाली सैनिकको कारबाहीमा नौ लडाकू मारिए

बोगोटा– कोलम्बियाली सैनिकले भेनेजुएला सीमा नजिकको एराउका प्रान्तमा बमबारी गर्दै

अमेरिका-स्विट्जरल्यान्ड व्यापार सम्बन्ध सुदृढ, शुल्क दर घटाइयो

एजेन्सी– संयुक्त राज्य अमेरिकाले स्विट्जरल्यान्ड (स्विस) आयातमा लाग्ने ३९ प्रतिशत

मतदाता नामावली उत्साहपूर्वक संकलन गरिँदै

काठमाडौं– राष्ट्रिय परिचयपत्र प्रयोग गरेर पनि मतदाता नामावली संकलन सुरु

संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार गाजा युद्धविराम प्रस्तावमा मतदान गर्ने

एजेन्सी– संयुक्त राष्ट्र सुरक्षा परिषदले सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको

खुल्यो मुर्कची-रौता-जाँते ग्रामीण सडक

गाईघाट– उदयपुरको उत्तरी मध्यपहाडी क्षेत्रको मुर्कुची, रौता, जाते ग्रामीण सडक