कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश « Khabarhub

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न सर्वोच्चको आदेश


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको निर्णयमाथि पुनरावलोकन हुने भएको छ ।

सर्वोच्च अदालतको संयुक्त इजलासले गत साल चैत १६ गते सांसद गुरुङको निलम्बन फुकुवा गरेको थियो ।

सांसद गुरुङको निलम्बन फुकुवाप्रति असहमति जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावलोकनको अनुमति माग्दै निवेदन दर्ता गरेको थियो ।

विहीबार सर्वोच्च अदालतले सांसद गुरुङमाथिको निलम्बन फुकुवामाथि पुनरावलोकन गर्न अनुमति दिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपनामल्ल प्रधान, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले गत चैतको फैसलामाथि पुनरावलोकन गर्न अनुमति दिएको हो ।

यो पनि-
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

हेर्नुहोस् सर्वोच्च अदालतको आदेश-

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  ८ : ४० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना