दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते | Khabarhub Khabarhub

दुर्घटनामा आमाको मृत्यु, छोरी घाइते


१० माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


435
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च। ९२७ नंको कार र बा५० प ७४१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो ।

उनको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । सो दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।

कार चालक रामेछापको सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार  १० : ३९ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित