गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने, फागुनबाट अडिसन सुरु « Khabarhub

गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ हुने, फागुनबाट अडिसन सुरु


११ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालबालिका लक्षित गायन रियालिटी शो ‘नेपाल किड्स आइडल’ आयोजना हुने भएको छ ।

‘जय मिडिया मेनेजमेन्ट’को आयोजनामा सुरु हुन लागेको यस शोमा पाँच देखि १५ वर्ष उमेर समूहका बालबालिका सहभागी हुन पाउनेछन् ।

जय मिडियाका संस्थापक जय राज रायका अनुसार यस शोको अडिसन नेपालका सबै जिल्ला र भारतको सिक्किम, दार्जिलिङ, आसाम, देहरादुनलगायतका स्थानमा हुनेछ ।

फागुनबाट अडिसन सुरु हुने संस्थापक राय बताउँछन् । भन्छन्, ‘माघमै अडिसन सुरु गर्ने योजना थियो, प्राविधिक कारणले अलि ढिला अडिसन सुरु हुने भयो ।’

यस शोको विजेताले १० लाख, उपविजेताले पाँच लाख र तेस्रोले तीन लाख र चौथोले दुई लाख रुपैयाँ नगद पुरस्कार तोकिएको छ ।

शोको निर्णायक चाँडै सार्वजनिक गरिने रायले बताए ।

प्रकाशित मिति : ११ माघ २०८१, शुक्रबार  ५ : ३० बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा