वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि संस्थागत रूपमा गर्न चाहेका कार्य र विद्यमान समस्यालाई प्राथमिकीकरण गरी समाधान खोज्न निर्देशन दिएका छन् । 

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा सुधार हुँदै आए पनि त्यसको प्रभावकारिता बढाउन नियामक निकायका कार्यक्रम र समस्यालाई प्राथमिकीकरण गरी काम गर्न जरुरी रहेको बताएका हुन् । 

राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, नेपाल बिमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेपाल बैंकर्स सङ्घ, कम्पनी रजिष्ट्रारको कार्यालयका पदाधिकारी तथा प्रतिनिधिहरूसहितको बैठकमा अर्थमन्त्रीले प्राथमिकता निर्धारण गरी काम गर्दा परिणाम निकाल्न पनि सहज हुने बताए  । 

बैठकमा अर्थतन्त्र, बैंक, सहकारी, तरलता, कर्जा, बिमा, अनुदान, पूँजी बजार लगायतका विषयमा छलफल भएको थियो । त्यसअवसरमा अर्थतन्त्रका मुद्दाहरूमा थप छलफल गर्दै जाने, अर्थतन्त्रको एउटा क्षेत्रमा असर देखिँदा त्यसको अर्को क्षेत्रमा पनि प्रभाव पर्ने हुँदा एक अर्को निकायबीच समन्वय बढाउनेबारे पनि छलफल भएको थियो ।
 

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ४ : ४५ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘सिटीस्क्यान’ सेवा प्रभावित

दाङ– राप्ती प्रादेशिक अस्पतालको सिटीस्क्यान मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा

काभ्रेका १३ स्थानीय तह सम्मानित

काभ्रे– काभ्रे जिल्लाका १३ स्थानीय तहलाई सम्मान गरिएको छ ।

सप्तपाताल पोखरीको पुनर्निर्माण गरिँदै (तस्बिरहरू)

ललितपुर– ललितपुरको लगनखेलस्थित ऐतिहासिक सप्तपाताल पोखरीको पुनर्निर्माण भइरहेको छ ।

टी-२० सिरिज : बिहीबार नेपालले नेदरल्यान्ड्ससँग दोस्रो प्रतिस्पर्धा गर्दै

काठमाडौं – नेपालले बिहीबार त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा

कैलाली कारागारमा रहेका एक कैदीको मृत्यु, परिवारले गरे हत्याको शंका 

धनगढी– कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ