कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना | Khabarhub Khabarhub

कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना


१३ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


699
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सकुशल रहेका छन् ।

त्यहाँ एक स्थानमा गण, अर्कोमा इन्जिनियरिङ कम्पनी र तेस्रो स्थानमा क्विआरएफ फोर्ससमेत हाल एक हजार एक सय ३० नेपाली शान्ति सैनिक परिचालित रहेका र ती सबै सुरक्षित रहेका नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले दिए ।

उनले भने, “हाम्रो शान्ति सैनिकको टोली सुरक्षित छ । त्यहाँको गोमा भन्ने स्थानमा पर्यवेक्षक (अब्जर्भर) रहेको क्षेत्रमा भने केही तनाव छ । तत्काल आवश्यक नपर्ने जनशक्तिलाई त्यहाँबाट राष्ट्रसङ्घले अन्यत्र सुरक्षित स्थलमा सारेको छ ।”

नेपाली शान्ति सैनिक परिचालित रहेको स्थानमा हालसम्म त्यस्तो जटिल अवस्था नरहे पनि समग्र अवस्थाको विश्लेषणबाट परिस्थिति भने त्यति सहज नरहेको प्रवक्ता केसीको भनाइ छ ।

विकसित घटनाक्रमका आधारमा राष्ट्रसङ्घको निर्देशनअनुरुप थप सुरक्षा व्यवस्थापन गरिने जानकारी दिइएको छ ।

केही दिनअघिदेखि त्यहाँ ‘एम ट्वान्टी थ्री’ नामक विद्रोही समूह बढी सक्रिय रहेको छ । उक्त समूहसँगको भिडन्तमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण अफ्रिकासहितका मुलुकबाट खटिएका केही शान्ति सैनिकको क्षति भएको बताइएको छ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ०२ बजे

पर्यटक बढेपछि बागलुङका व्यवसायी उत्साहित

गलकोट (बागलुङ)- चाडपर्वको समयमा यसपटक पर्यटकको रोजाइमा बागलुङ पनि परेको

तोकिएको मितिमै निर्वाचन हुनुपर्छः उपसभापति अर्याल

रुपन्देही – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले तोकिएको

सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनरमा डीआरजे

काठमाडौं- डीआरजे नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको आधिकारिक

यी प्रदेशमा आजै रातिदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको

मेची नदीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइयो छठ

झापा – भद्रपुरस्थित मेची नदीमा नेपाल तथा भारततर्फका श्रद्धालुहरूले आज