कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान « Khabarhub

कलेजको खर्च जुटाउन ट्रेनमा गितार बजाउँथे आयुष्मान


२२ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गायनका अतिरिक्त अभिनय क्षमताका कारण आयुष्मान खुरानाले बलिउडमा आफ्नो अलग्गै छाप छाडेका छन् ।

अभियनप्रति समर्पित हुने आयुष्मानको बानीका कारण बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान पनि उनका प्रसंशक छन् ।

आयुष्मानले हालै चलचित्र ‘अन्धाधुन’ बाट ‘बेस्ट एक्टर’को राष्ट्रिय पुरस्कार पनि जितेका थिए ।

फिल्मी दुनियामा एकपछि अर्को सफलता हात पार्दै गएका आयुष्मान कुनै दिन आफ्नो कलेजको अतिरिक्त खर्च जुटाउनका लागि भने ट्रेनमा गितार बजाउने गर्दथे ।

सुमधुर स्वरका समेत धनी आयुष्मानले ट्रेनमा गितार बजाएरै कलेज जीवनको अतिरिक्त खर्च जुटाएको विषय आफैंले खुलासा गरेका हुन् ।

आफ्नो आगामी चलचित्र ‘ड्रीम गर्ल’को प्रचारका लागि कपिल शर्मा शोमा पुगेका आयुष्मानले ट्रेनमा गितार बजाएरै गुवाको भ्रमण गर्नका लागि खर्च जुटाएको समेत बताए ।

ट्रेनमा गितार बजार १ दिनमा १००० भारुसम्म कमाइ भएको आयुष्मानले अनुभव सुनाए ।

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार  २ : ५५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई