अनलाइन जुवा खेलाउने दुई जना पक्राउ « Khabarhub

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

रामेछाप खाँडादेवी गाँउपालिका–९ घर भई हाल काठमाडौँ बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ तथा नुवाकोट विदुर नगरपालिका–१३ घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र भुजेललाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, “बेटिङ एप्लिकेसनमार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन गेमअन्तर्गत ‘मान्ट्रा १०८’ नामक वेबसाइटमार्फत जुवा ९सट्टेबाजी० गर्ने÷गराउने गरी रकम सङ्कलन गर्ने, क्रिप्टो मुद्रा व्यापार गर्नेलगायतका कार्य भइरहेको भन्ने गोप्य सूचनाका आधारमा निजहरुलाई पक्राउ गरिएको हो ।”

प्रारम्भिक अनुसन्धानबाट बैक खाता तथा वेनेन्स आइडी प्रयोग गरी हालसम्म रु दुई करोड ४१ हजार छ सय ३६ बराबरको कारोबार गरेको खुल्न आएको तथा निजहरूको शरीर तथा कोठा खानतलासी गर्दा विभिन्न मोडेलका मोबाइल सेट चार थान, कम्प्युटर एक थान, एनसेलका सिमकार्ड ५० थान, एनटिसीका सिमकार्ड नौ थान, विभिन्न व्यक्तिहरुको नाममा रहेका एटिएम कार्ड २७ थान, डायरी पाँच थान, चेकबुक सात थान तथा नगद रु ९० हजार बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद–५ को दफा १२५ जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने र सोही संहिताको दफा २६२ (क) १ अभौतिक मुद्राको प्रयोग गर्न नहुने बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ८ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार