बागमतीका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया « Khabarhub

बागमतीका तीन सय ४६ जनाको मोतिया बिन्दुको शल्यक्रिया


१४ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सर्लाही – बागमती नगरपालिकाका तीन सय ४६ जनाको आँखाको मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ ।

बागमती नगरपालिका–५, सोल्टीमा सञ्चालित तीन दिने आँखा शिविरबाट उनीहरुको मोतिया बिन्दुको शल्यक्रिया गरिएको हो । गत माघ ४ गतेदेखि मोतिया बिन्दु पहिचान (स्कृनिङ) शिविर सञ्चालन भएको थियो । उक्त शिविरमा फेला परेका बिरामीको शल्यक्रिया गरिएको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक पदमबहादुर रायमाझीले बताए ।

बागमती र बरहथवा नगरपालिकामा गरी १० स्थानमा स्कृनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई हजार एक सय ९६ जनाले आँखा जाँच गराएका थिए । शिविरबाट निःशुल्क आँखाको शल्यक्रिया भएकोमा बागमती नगरपालिका–२ की स्थानीय सुन्दरीमाया घिसिङले खुसी व्यक्त गर्नुभयो ।

‘‘मेरो दुवै आँखामा मोतिया बिन्दु भएको थियो’’, उनले भनेयो, ‘‘गतवर्ष एउटा आँखाको शल्यक्रिया गरेको थिएँ, यसवर्ष अर्को पनि गर्न पाइयो ।’’

बागमती नगरपालिका–४, निवासी तुलाबहादुर विश्वकर्माले उपचारकै लागि टाढा जान नसक्नेहरु शिविरबाट लाभान्वित भएको बताए ।

बागमती नगरपालिकाको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानकी नेत्र रोग विशेषज्ञ चिकित्सक डा सञ्जिता शर्मा नेतृत्वमा डा सुदीपराज भण्डारी र डा छिरिङको टोली खटिएका थिए । एकै दिन एक सय ४३ जनाको आँखामा भएको मोतिया बिन्दुको शल्यक्रिया गरिएको चिकित्सक शर्माले जानकारी दिए ।

नगरपालिकाले तिलगङ्गासँगको सहकार्यमा हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दै आएको छ । विपन्न नागरिका लागि बर्सेनि निःशुल्क शिविर आयोजना गरिएको नगरका कार्यवाहक मेयर कृष्ण लामाले जानकारी दिए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  १० : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार