एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि « Khabarhub

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपीएफले पुलिसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

 एपीएफको जितमा सवितासँगै सुरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । 

खेलको ६९औँ मिनेटमा एपीएफकी अर्की खेलाडी सुरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको ८३औँ मिनेटमा प्रीति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् ।

उपाधिसँगै एपीएफले रु १० लाख तथा उपविजेता पुलिसले पाँच लाख प्राप्त गरेको छ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ४१ बजे

खोटाङमा घरमै राहदानी वितरण सुरु

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको राहदानी घर–घरमा पुर्‍याउन जिल्ला

प्रधानमन्त्रीले एकसाथ भेटे ईयूका कूटनीतिज्ञलाई (तस्बिरहरू)

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मंगलबार काठमाडौं र नयाँ दिल्लीस्थित युरोपेली

लैङ्गिक उत्तरदायी बजेटलाई अझै ‘महिला लक्षित बजेट’ कै रूपमा बुझ्ने प्रवृत्ति

काठमाडौं– नेपालमा लैङ्गिक समानता तथा महिला अधिकार प्रवर्द्धनका लागि लागू

मध्य काठमाडौंमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत

सुकुम्वासी बस्तीबाट विस्थापित लाल बहादुर लिम्बुको कथा 

काठमाडौं– काठमाडौंको शान्तिनगर सुकुम्वासी बस्ती अहिले पहिले जस्तो छैन। केही