एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि « Khabarhub

एपीएफले जित्यो एन्फा महिला लिगको उपाधि


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल पुलिस क्लबलाई पराजित गर्दै नेपाल एपीएफ क्लबले एन्फा महिला लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको फाइनल खेलमा सविता राना मगरको २ गोलमा एपीएफले पुलिसलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।

 एपीएफको जितमा सवितासँगै सुरु लिम्बू र अनु लामाले समान एक एक गोल गरे । खेलको ६४औँ मिनेटमा अनिता केसीले दिएको बलमा सविता राना मगरले गोल गरिन् । 

खेलको ६९औँ मिनेटमा एपीएफकी अर्की खेलाडी सुरु लिम्बूले गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् ।

खेलको ८३औँ मिनेटमा प्रीति राईको पासमा सविताले अर्को गोल गरिन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा अनु लामाले गोल गर्दै टोलीलाई ४–० को जित दिलाइन् ।

उपाधिसँगै एपीएफले रु १० लाख तथा उपविजेता पुलिसले पाँच लाख प्राप्त गरेको छ । 

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ६ : ४१ बजे

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी