आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय « Khabarhub

आप्रवासी अपराधी राख्न जेल विस्तार गर्ने ट्रम्पको निर्णय


१७ माघ २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्वान्टानमाओ खाडीमा रहेको बन्दी गृहलाई बढाउने विषयमा हस्ताक्षर गरेका छन्।

आप्रवासी राख्नका लागि नै सो निर्णय गरिएको अमेरिकी सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनले अमेरिकामा रहेका उच्च प्राथमिकतामा रहेका अपराधीलाई उक्त स्थानमा लगेर राख्नका लागि गृह र रक्षा मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।

क्युबाको दक्षिण पूर्वमा रहेको ग्वान्टान्माओ क्षेत्र सन् १८९८ मा भएको स्पेन अमेरिका युद्धपछि अमेरिकाले कब्जामा लिएको हो।

सन् २००२ मा त्यस स्थानमा जेल खडा गरेर आठ सय जना शङ्कास्पद आतङ्कवादी राखिएको थियो। बाइडेन प्रशासनको समयमा त्यहाँ ३० जना रहेको जनाइएको छ।

राष्ट्रपति ट्रम्पले त्यहाँ ३० बेड राख्न मिल्ने बताएका छन्। देशले पनि स्वीकार गर्न नसक्ने अपराधमा संलग्न अवैध आप्रवासीलाई त्यहाँ राखिने ट्रम्पले जनाएका छन्। क्युबाका राष्ट्रपति मिगुयल डियाज क्यानलले यसलाई क्रूरता भनेका छन्।

प्रकाशित मिति : १७ माघ २०८१, बिहीबार  ६ : २४ बजे

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

काठमाडौं – पशुपति क्षेत्रस्थित शिवपुरी बाबाले करिब १५ वर्ष ध्यान

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको