लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित | Khabarhub Khabarhub

लिभरपुल उपाधिको बलियो दाबेदार : सलाहको दुई गोलमा शानदार जित


२० माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इङ्लिस प्रिमियरसिपमा लिभरपुलले उपाधि यात्रालाई अझ बलियो बनाएको छ। शनिबार भएको खेलमा लिभरपुलले बोर्नमाउथलाई २-० ले हरायो। लिभरपुलका लागि मोहम्मद सलाहले दुवै गोल गरे।

सलाहले प्रिमियरसिपमा कुल १७८ गोल गरेका छन्। प्रिमियरसीपमा सबै भन्दा धेरै गोल गर्ने खेलाडीको सूचीमा छैटौँ स्थानमा छन्। उनले १७७ गोल गरेका फ्रान्क लाम्पार्डलाई पछि पारेका छन्।

शनिबार भएको खेलको ३० औँ मिनेटमा प्राप्त पेनाल्टीलाई उपयोग गरेका इजिप्टका खेलाडी सलाहले ७५ औँ मिनेटका अर्को गोल गरे। २३ खेलमा ५६ अङ्कसहित लिभरपुल शीर्ष स्थानमा छ।

लिभरपुलले दोस्रो स्थानमा रहेको आर्सनललाई ९ अङ्कले पछि छाडेको छ। आइतबार म्यानचेस्टर सिटीलाई हराएमा आर्सनलले दुरी छोट्याउन सक्ने छ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ८ : १२ बजे

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै

काठमाडौं – ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

जर्मनीले युक्रेनलाई तीन अर्ब युरो सैन्य सहयोग गर्ने

बर्लिन – जर्मनीले सन् २०२६ मा युक्रेनलाई थप तीन अर्ब

विश्वकप लिग-२: आज युएईसँग भिड्दै नेपाल

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिदेशीय युएई शृङ्खलाको अन्तिम

उपत्यकाका १९ ठाउँमा निःशुल्क वाइफाइ

काठमाडौं – काठमाडौं उपत्यकाका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क