ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने | Khabarhub Khabarhub

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

मेक्सिको – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सामानमा २५ प्रतिशत अतिरिक्त कर लगाउने निर्णय गरे लगत्तै मेक्सिकोलेसमेत अमेरिकी सामानामा कर लगाउने तयारी गरेको छ।

मेक्सिकोको राष्ट्रपति क्लाउडिया सियनबामले अमेरिकी सामानमा कर लगाउने आशय व्यक्त गरेकी हुन्। उनले अमेरिकी सामानमा कत्ति कर लगाउने भन्ने विषयमा अमेरिकाले गर्ने व्यवहारमा निर्भर रहने उल्लेख गरेकी छन्।

सोमबार यस बारेमा मेक्सिकोले निर्णय गर्न सक्ने समेत उनले बताएकी छन्। उनले मेक्सिकोको सरकारकै सहकार्यमा अमेरिकामा अवैध लागूऔषध पुगेको आरोपको खण्डन गर्दै अमेरिकाले नै यसलाई रोक्न पर्याप्त कदम चाल्न नसकेको बताइन्।

उनले अमेरिकामा रहेका आफ्ना नागरिकलाई हार्दिकतापूर्वक स्वागत गर्ने समेत बताएकी छिन्।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १० : ०८ बजे

शीतलहर सुरु हुनु पहिले नै व्यवस्थापनको पूर्वतयारी

महोत्तरी– बर्सेनि जाडो यामको शीतलहरले हुँदै आएको जनधनको क्षति रोक्न

तनहुँको ऋषिङमा दुई मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

‘म्यारिज ब्यूरो’ चलाएको आरोपमा काठमाडौंबाट चारजना चिनियाँ नागरिक पक्राउ

काठमाडौं– काठमाडौंको सोह्रखुट्टेका म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा चारजना चिनियाँ

कलाकार राजनीतिमा : जम्न सक्दैनन्, भेलमा हामफाल्ने क्रम जारी

काठमाडौं – गत वर्षको फागुनको कुरा हो– तत्कालीन प्रधानमन्त्री एवं

सगरमाथा चौधरी आँखा अस्पतालमा दुई हजार बढी बिरामीको निःशुल्क शल्यक्रिया

सिरहा– नेपाल नेत्रज्योति संघद्वारा सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा