बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा « Khabarhub

बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने फैसलाविरुद्ध उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उच्चले जिल्लाकै फैसलालाई सदर गरेपछि झा माघ २ गते  सर्वोच्च अदालत गएका थिए । 

माघ ३ गते सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले झाको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा झाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ५९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन