बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा « Khabarhub

बेचन झाको बन्दी प्रत्यक्षीकरण निवेदनको पेसी न्यायाधीशद्वय सुवेदी र निरौलाको इजलासमा


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झाले सर्वोच्च अदालतमा दिएको बन्दी प्रत्यक्षीकरण निवेदनमा न्यायाधीशद्वय नहकुल सुवेदी र नृपध्वज निरौलाको इजलासमा पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने फैसलाविरुद्ध उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । उच्चले जिल्लाकै फैसलालाई सदर गरेपछि झा माघ २ गते  सर्वोच्च अदालत गएका थिए । 

माघ ३ गते सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले झाको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदनमा सुनुवाइ गर्दै थुनामा राख्नुको कारण देखाउ आदेश जारी गरेको थियो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने रकम उठाउने गिरोहमा संलग्न रहेको अभियोगमा झाविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ । 

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ११ : ५९ बजे

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र

टापु सम्झौतामा बेलायतको निर्णयलाई ‘ठूलो मूर्खता’ भन्दै ट्रम्पको आलोचना

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार हिन्द महासागरमा रहेको

मोरङ क्षेत्र नं-६ बाट शेखर कोइरालाको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मोरङ निर्वाचन क्षेत्र

टिकट सकस : कांग्रेसका ‘नेपो बेबी’देखि ओलीका आलोचकको राजनीति संकटमा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनसँगै कांग्रेस–एमालेका दर्जनौँ