वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु « Khabarhub

वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु


२२ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

एजेनसी – वेस्ट बैङ्कको चेकपोस्टमा मंगलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।

सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर रहेको बताए ।

सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ । सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् । इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।

प्यालेस्टाइनी तथ्यांकका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तीमा २७ जना मारेका छन् ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ६ : ३४ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र