कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए « Khabarhub

कैलालीको गोदावरीमा आमा र नाबालक छोरी घरभित्रै मृत भेटिए


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


369
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको गोदावरीमा आमाछोरी एकसाथ मृत अवस्थामा भेटिएका छन् । गोदावरी नगरपालिका–११ गोठानमा बिहीबार साँझ आमाछोरी मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत भेटिनेमा २४ वर्षीया मीरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कविन्द्र सिंह बोहराले बताए ।

उनकाअनुसार बिहीबार साँझ साढे ७ बजे घरमै आमा झुन्डिएको अवस्थामा भेटिएकी हुन्। उनकी छोरी पासो काटेको अवस्थामा भुइँमा मृत भेटिएकी छन् ।

मृतक मीराका सहोदर देवर नरेश विकले घरभित्र झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । घटनाका बेला उनकी सासू पनि घरमा नभएको पाइएको प्रहरीले जनाएको छ ।

दुवैजनाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलालीमा पछिल्लो समय एकपछि अर्को अपराधिक घटना भइरहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  १ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र