पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति भण्डारीको चिन्ता- युवालाई देशमा राख्नै गाह्रो भयो, सन्तोष गर्ने ठाउँ छैन


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हाईस्कुल पास गरेपछि युवाहरू देशमा बस्नै नसक्ने अवस्था आएको बताएकी छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अरुणोदय स्मारिका–२०८१ लोकार्पण समारोहमा सहभागी हुँदै उनले यस्तो बताएकी हुन्।

भोजपुरको अरुणोदय माध्यमिक विद्यालय परिवारद्वारा आयोजित उक्त कार्यक्रममा उनले अहिले शिक्षा क्षेत्र बरालिँदै गएको पनि बताइन् ।

उनले भोजपुरमै जन्मेर हुर्किए पनि अरुणोदय मावि नपुगेको बताउँदै तर तर नजिकबाट देखेको सुनेको उल्लेख गरिन् ।

भण्डारीले इतिहास भनेको कटु सत्य भए पनि त्यसलाई लेख्दै थप्दै जानुपर्नेमा जोड दिइन् । उनले भनिन्, ‘म पनि हाई स्कुल र आईए भोजपुरमै पढेको हो । त्योभन्दा अगाडि पढ्ने क्रममा सामाजिक, राजनीतिक कुरातर्फ गएको हुनाले बीचमै छाड्नुपर्‍यो । बुवा पनि माविको शिक्षक अनि हेडमास्टर पनि हुनु भएको हो।’

भण्डारीले पहिलेको जस्तो शिक्षा क्षेत्र अहिले नरहेको पनि बताइन् । ‘शिक्षा क्षेत्रलाई हामीले नजिबाट हेर्‍यौँ । अहिले हाम्रो शिक्षा क्षेत्र बरालिएको हो कि भन्ने लाग्छ । राष्ट्र निर्माणको मूल खम्बा शिक्षा हो । यसबाट राज्यको अंग बलियो बनाउनुपर्छ’, उनले थपिन्,‘अहिले हाई स्कुल पास गरेपछि युवाहरूलाई देशमै राख्न गाह्रो परेको देखिरहेका छौँ । गाउँका हाई स्कुलहरू शून्य-शून्य हुँदै गएका छन् । भौतिक रुपमा परिणाम ल्याएको छ कि छैन भन्ने सोच्नुपर्ने भएको छ ।’

उनले अहिले पनि हजारौँ विद्यालयमा भौतिक पूर्वाधार नरहेको बताइन् । ‘कुन क्षेत्रमा हामीले कति लगानी गर्ने, कस्तो शक्ति निर्माण गर्ने, योजना चाहिएको छ ।
हामीले हाम्रो युवाशक्तिलाई विदेशिनबाट रोक्न सकेका छैनौँ’, उनले भनिन् ।

भण्डारीले राष्ट्रिय अर्थतन्त्रको कुरा गर्ने हो भने कसैले पनि सन्तोष गर्ने ठाउँमा नभएको बताइन् । ‘राष्ट्रिय अर्थतन्त्रको कुरा गर्दा सन्तोष मान्ने ठाउँ छैन । व्यापार घाटा चुलिएको छ’, उनले थपिन्, ‘अर्थतन्त्र कमजोर भएकाले बाहिरबाट ल्याएर जीविका चलाउनुपर्ने अवस्था छ । हामीले हाम्रो भावी पुस्तालाई राम्रो शिक्षा दिन सक्नुपर्छ ।’

भण्डारीले निराशाबीच दुई ठूला दल मिलेर सरकार बनेकाले अब अस्थिरताको चिन्ता नरहेको सुनाइन् । ‘अहिले हामीलाई अनुकुल परिस्थिति छ । सरकार पनि स्थायी रुपमा चलिरहेको छ’, उनले अगाडि भनिन्, ‘तीन-तीन महिनामा सरकार फेरिएर कामै गर्न नसक्ने अवस्था थियो । अब त्यो तनाव छैन । दुई ठूला दल मिलेर देशलाई स्थायित्व दिने काम भएको छ।’

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ५ : ०० बजे

अन्तर्राष्ट्रिय सम्बन्धसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिका बैठक बस्दैछन् ।

प्रतिनिधिसभा बैठक बस्दै, औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बुधबार पनि बस्दैछ ।

सप्तरीमा प्रहरीको ‘सर्च अप्रेसन’ : गोली प्रहारबाट एक जनाको मृत्यु

सप्तरी– मदिरा तस्करी नियन्त्रण गर्ने क्रममा गए राति सप्तरीमा प्रहरीले

आईफोन-१७ सेप्टेम्बर ९ मा रिलिज हुने

काठमाडौं- एप्पलले बहुप्रतीक्षित आईफोन–१७ सरिजका फोनहरु आगामी सेप्टेम्बर ९ मा