रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान « Khabarhub

रविलाई पौने तीन करोड जुट्दा उनकै कार्यकर्ता एक लाख धरौटी बुझाउन नसकेर जेल चलान


२५ माघ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहकारी ठगी प्रकरणमा विभिन्न जिल्लामा मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने धरौटी बुझाउँदै छुट्ने क्रम जारी छ ।

लामिछानेले हालसम्म चारवटा जिल्ला अदालतबाट मागिएको दुई करोड ७९ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन्‌ । कास्की, काठमाडौं, रुपन्देही र चितवन जिल्ला अदालतको आदेशअनुसार एकपछि अर्को ठूलो रकम धरौटी बुझाएर लामिछाने रिहा हुने गरेका हुन्‌ ।

तर, रविकै प्रतिरक्षामा सडकमा हातपातमा उत्रिँदा पक्राउ परेका रास्वपाकै एक कार्यकर्ता भने एक लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्‌ ।

धरौटी बुझाउन नसकेपछि हुम्लाको अदानचुली गाउँपालिका–४ घर भएका ३२ वर्षीय महानन्द जैशी कारागार चलान भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।

यो पनि –

सम्पत्ति विवरण एक लाख १० हजार देखाएका रविको धरौटी पुग्यो पौने तीन करोड

रास्वपा सभापति रवि लामिछानेविरुद्ध बहस गरेको भन्दै जैशी लगायतले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई काठमाडौं जिल्ला अदालत परिसरअघि सडकमै गत माघ २ गते कुटपिट गरेका थिए ।

कुटपिटमा सङ्लग्नहरूलाई पक्राउ गरी अनुसन्धानपश्चात प्रहरीले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । शुक्रबार जिल्ला अदालत काठमाडौं अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले त्रिपाठीलाई आक्रमण गर्ने तीन जनासँग जनही एक लाख रुपैयाँ धरौटी माग्यो ।

अदालतले दोलखाको तामाकोशी गाउँपालिका-१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपलिका-५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, दोलखा घर भई ललितपुरको टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्ला घर भई काठमाडौंको टोखा बस्ने ३२ वर्षीय महानन्द जैशी र झापाको बुद्ध शान्ति गाउँपालिका- ४ घर भई हाल काठमाडौंको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल भन्ने सीतादेवी राई र हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौंको सूर्यदर्शन हाइटमा बसोबास गर्ने गरेका महानन्द जैसीलाईलाई अदालतले जनही १/१ लाख रुपैयाँ धरौटी मागेको हो ।

तर, रास्वपा जुम्लाका उपसभापति जैशीले एक लाख रुपैयाँ धरौटीसमेत बुझाउन सकेनन् । धरौटी बुझाउन नसकेपछि उनलाई केन्द्रीय कारागारको थुनामा पठाइएको प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेलले बताए ।

उनले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुनै किसिमको आक्रमण आफूले नगरेको दाबी गर्दै आएका छन् ।

यो पनि –

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ११ : ०७ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान