२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’ « Khabarhub

२७ वर्षपछि दिल्लीमा भाजपाको ‘कमब्याक’


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले २७ वर्ष लामो प्रतीक्षापछि दिल्ली विधान सभामा पुनरागमन गर्ने सम्भावना देखिएको छ । जारी मतगणनाको सुरुवाती रूझानमा भाजपा ४६ सिटमा अगाडि देखिएको छ। 

दिल्लीमा लगातार दुईपल्ट सरकार चलाइसकेको आम आदमी पार्टीलाई भाजपाले उछिनेको छ । अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको मात्र २४ सिटमा अगाडि देखिएको छ । 

१५ वर्षसम्म लगातार दिल्लीमा शासन सत्ता चलाएको कांग्रेस (आई)ले खाता खुल्ने सम्भावना नै नरहेको भारतीय सञ्चार माध्यमहरूमा समाचारहरू प्रकाशित छन् । 

दिल्लीका ७० सिटमध्ये कांग्रेसले जारी मतगणनामा कहीँ पनि अग्रता लिएको छैन । मत प्रतिशतको हिसाबले पनि कांग्रेसको अवस्था दयनीय देखिएको छ । 

दिल्ली विधानसभामा भाजपाको अग्रता देखिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार बेलुकी कार्यकर्तालाई सम्बोधन गर्ने तयारी गरेका छन् । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उनी सम्बोधनका लागि बेलुकी ६ बजे पण्डित मार्गस्थित भाजपाको क्षेत्रीय कार्यालय जाने भएका छन् । 

भाजपाका दिल्ली इकाई अध्यक्ष विरेन्द्र सचदेवाले भाजपाले केन्द्रीय राजधानी दिल्लीमा सरकार गठन गर्नेमा विश्वस्त देखिन्छन् ।

 दिल्लीका आगामी मुख्यमन्त्री भाजपाको नेता हुने भन्दै उनले व्यक्तिको चयन केन्द्रीय नेतृत्वले गर्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  १२ : ५८ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन