समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड | Khabarhub Khabarhub

समाजवाद निर्माणको मुख्य आधार कृषि : प्रचण्ड


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उत्पादनलाई मुख्य आधार बनाएर समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् । 

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्बोधन गर्दै उनले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका हुन् । 

आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात् गर्दै उत्पादनका निमित्त सङ्घर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको उनको भनाइ थियो ।  

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने भन्दै प्रचण्डले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्नेमा जोड दिए । 

आफ्नो पार्टीबाट जितेका पालिकाका जनप्रतिनिधिहरूलाई राष्ट्रिय भेला गरेर स्थानीय तहमा समाजवादको अभ्याससम्बन्धी प्रशिक्षण दिने कार्यक्रम बनाइएको पनि प्रचण्डले जानकारी दिए । 

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई आधार र सूचना प्रविधिलाई लिडको रूपमा स्थापित गरेको जानकारी दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाए । 

किसान महासंघले आधारभूत रूपमा सही बजेट र नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भूमिका खेल्नुपर्ने उनले बताए । आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोभन्दै प्रचण्डले आपत्ति जनाए ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  २ : ५४ बजे

गाजामा मानवीय सङ्कट गहिरिँदै, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

संयुक्त राष्ट्रसङ्घ – संयुक्त राष्ट्र बालकोष (यूनिसेफ)का अनुसार, गाजा सिटी

‘कमेडी दरबार’ युट्युबमा अपलोड नभएपछि निमार्ण टिमले माग्यो माफी

काठमाडौं – सरकारले युट्युबसहित सूचीकरण नभएका सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि

एमाले विधान महाधिवेशन : विभिन्न प्रतिवदेन प्रस्तुत गर्दै पहिलो दिन सम्पन्न

ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाविधेशनको पहिलो

मनास्लु आरोहण गर्न दुई सय २४ जनाले लिए अनुमति

गोरखा – यस वर्षको शरद ऋतु (सेप्टेम्बर, अक्टोबर र नोभेम्बर)मा

फेसबुक बन्द भएपछि बालेनको कटाक्ष : अब अरुले काम गरेको मात्र देख्ने भए

काठमाडौं– सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको केही घण्टामै