ब्रिगेड ब्वाइजलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा « Khabarhub

ब्रिगेड ब्वाइजलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा


२६ माघ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल पुलिस क्लब २४ औं आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा पुलिसले युकेको ब्रिगेड ब्वाइज युनाइटेड क्लबलाई २–० गोल अन्तरले पराजित गर्‍यो।

पुलिसका विवेक पाण्डेले २८ औं मिनेटमा र कप्तान राम वाजीले ४० औं मिनेटमा गोल गरे, दुवै गोल कर्नर किकमार्फत भएको थियो। ब्रिगेडले खेलभर राम्रै अवसर पाए पनि गोल गर्न सकेन। 

पुलिसका प्रशिक्षक चेतन घिमिरेले ‘डेड बल’ रणनीति सफल भएको बताए भने ब्रिगेडका प्रशिक्षक सुरेश रानाले मैदानको अवस्था र प्रशिक्षण अभावका कारण हार बेहोर्नुपरेको बताए।

सेमिफाइनलमा पुलिसले माघ ३० गते चर्च ब्वाइज र त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ। आइतबार थ्री स्टार क्लब र मच्छिन्द्र क्लबबीच दोस्रो क्वार्टरफाइनल खेल हुनेछ।

फागुन ३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रत्येक खेलमा म्यान अफ दी म्याच, फ्यान अफ दी म्याच, र भाग्यशाली दर्शकलाई पुरस्कार प्रदान गरिनेछ।

प्रकाशित मिति : २६ माघ २०८१, शनिबार  ७ : १९ बजे

चीनले सन् २०२६ मा केही सामानको आयातमा करवृद्धि दर कम गर्ने

बेइजिङ – चीनले सन् २०२६ जनवरी १ देखि ९३५ वस्तुहरूमा

पुस २४ गतेभित्र उम्मेद्वार सिफारिस गर्न एमालेको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता