ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित « Khabarhub

ग्लेन फिलिप्सको विष्फोटक ब्याटिङमा न्युजिल्यान्डको शानदार जित


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

लाहोर – न्युजिल्यान्डले पाकिस्तानसँगको पहिलो एक दिवसीय खेलमा ७८ रनको जित हात पारेको छ। लाहोरमा शनिबार भएको दिवा रात्रि खेलमा न्युजिल्यान्डले दिएको ३३० रनको लक्ष्य पछ्याएको पाकिस्तान ४७.५ ओभरमा समपूर्ण विकेट गुमाउँदै २५२ रनमा सीमित भएको हो।

पाकिस्तानका लागि फाकर जमानले शानदार सुरुवात दिलाउँदै ६९ बलमा ८४ रनको योगदान गरेका थिए। सल्मान आगाले ४० रन जोडे। न्युजिल्यान्डका म्याट हेन्रीले ९.५ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। माइकल सान्टनरले १० ओभरमा ४१ रन खर्चेर ३ तथा माइकल ब्रेसवेलले पनि १० ओभरमा ४१ रन खर्चेर २ विकेट हात पारे।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३३० रनको योगफल खडा गरेको हो। भ्रमणकारी टोलीका लागि ग्लेल फिलिप्सले ७४ बलमा अविजित १०६ रनको योगदान गरे। सुरुमा धिमा गतिमा खेलेका उनले ४० औँ ओभर विष्फोटक ब्याटिङ गरेका थिए। उनले पहिले एक दिवसीय शतक प्रहार गर्ने क्रममा ६ चौका र ७ छक्का प्रहार गरे। अन्तिम ६ ओभरमा न्युजिल्यान्डले ९८ रन जोडेको थियो। ब्रेसवेलले पनि २३ बलमा ३१ रन जाडे।

डारियल माइकलले पनि ८४ बलमा ८१ रन जोडे। उनले २ चौका र ४ छक्का प्रहार गरेका थिए। एक विकेट समेत लिएका फिलिप्स प्लेयर अफ द म्याच घोषित भए।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ३३ बजे

राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौं – सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न

दक्षिण अफ्रिकाविरुद्ध चेक गणतन्त्रलाई छैटौं मिनेटमै अग्रता

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा चेक

वैदेशिक रोजगार व्यवसायीलाई श्रमिकको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको अवस्था

रास्वपा महाधिवेशन : मुख्य दल सबैलाई निमन्त्रणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलोपटक महाधिवेशन गर्दैछ ।

रुपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात चिनियाँ नागरिक पक्राउ

भैरहवा – रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ बाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार