एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय | Khabarhub Khabarhub

एलन मस्क नेतृत्वको विभागलाई वित्तीय डेटामा पहुँच नदिने अमेरिकी अदालतको निर्णय


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


723
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाको एक अदालतका न्यायाधीशले एलन मस्क नेतृत्वमा रहेको डिपार्टमेन्ट अफ गोभर्मेन्ट इफिसेन्सी (डोग)लाई अर्थ मन्त्रालयको रेकर्डबाट दसौं लाख अमेरिकीको व्यक्तिगत वित्तीय डेटामा पहुँच राख्ने कुरामाथि रोक लगाएका छन्।

जिल्ला न्यायाधीश पाउल ए एन्जलमायरले मस्क र उनका टोलीले डेटा कपी गर्ने र नास गर्ने सम्भावना रहेको भन्दै त्यसलाई रोक्न आदेश दिएको हो। मस्कको सक्रियतामा डोगको सबै रेकर्डमा पहुँच पुगेको भन्दै १९ राज्यका महान्यायाधिवक्ताले मुद्दा दायर गरेपछि यस्तो निर्णय भएको हो।

महान्यायाधिवक्ताले मस्क र डोग सरकारी निकाय नभएको तथा त्यस संस्थाले सङ्घीय कानुन उल्लङ्घन गरेको आरोप लगाएका छन्।

डेमोक्र्याट नेतृत्वको राज्यका महान्यायाधिवक्ताले राष्ट्रपति ट्रम्पसहित अर्थ मन्त्रालय र अर्थमन्त्री स्कट बेसेन्टलाई विपक्षी बनाएका छन्। यसले एकदमै महत्त्वपूर्ण डेटाहरू बाहिर आउने तथा ह्याकिङको समेत जोखिम बढाउने भन्दै सो निर्णय भएको जनाइएको छ। १४ फेब्रुअरीमा अर्को सुनुवाइ नभएसम्म यो निर्णय यथावतै रहनेछ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ५० बजे

सर्लाहीमा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु, एक घाइते

सर्लाही – जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा परेर दुई जनाको

देवघाटलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

नवलपरासी – पवित्र धार्मिकस्थल देवघाटधामलाई प्लास्टिकमुक्त बनाउन ‘नदीसँगै हामी’ अभियान

टप इन्ड टी२० : ललितको स्थानमा साहबले खेल्ने

काठमाडौं – अस्ट्रेलियामा हुने टप एन्ड टी–२० सिरिजमा नेपाली राष्ट्रिय

एक वर्षमा एउटै फार्मबाट ११ करोड अण्डा उत्पादन

चितवन – आइपिओ जारी गर्ने तयारीमा रहेको दाउन्ने एग्रो फार्म

सामान्य बन्दै कैलाली कारागारको अवस्था

सुदूरपश्चिम – कैलाली कारागारका कैदीबन्दीबीच भएको झडपपछि उत्पन्न परिस्थिति क्रमशः