चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे  « Khabarhub

चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा केही खसीबोका मरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको उनको भनाइ छ । ट्रकमा रहेका १९ वटा खसीबोका च्यापिएर मरेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।

यसअघि आइतबार बिहान चितवनमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : १३ बजे

सार्वजनिक संस्थान : २७ नाफा र १६ घाटामा सञ्चालित, दुई बन्द

काठमाडौं– सरकारले आज सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा

गण्डकी प्रदेशसभा : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

गण्डकी– गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री जीतबहादुर

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चन्द्रपुर– महेन्द्र राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा आज यात्रुवाहक बसको ठक्करबाट मोटरसाइकल

खिवाङ–घराम्दी सडक अलपत्र

म्याग्दी– अन्नपूर्ण गाउँपालिकाको रणनीतिक महत्वको खिवाङ–घराम्दी सडक योजना निर्माण अलपत्र