चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे  « Khabarhub

चितवनमा मिनी ट्रक दुर्घटना, १९ वटा खसीबोका मरे 


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


624
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा खसीबोका बोकेको मिनी ट्रक दुर्घटना भएको छ । दुर्घटनामा केही खसीबोका मरेको चितवन प्रहरीले जनाएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका– ४ मा मिनी ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए ।

खसीबोका लिएर बर्दियाबाट काठमाडौं आउँदै गरेको भे १ ख २३६२ नम्बरको मिनी ट्रक सडकमा पल्टिएर दुर्घटना भएको उनको भनाइ छ । ट्रकमा रहेका १९ वटा खसीबोका च्यापिएर मरेका छन् । क्षतिको थप विवरण आउन बाँकी छ ।

यसअघि आइतबार बिहान चितवनमा बस दुर्घटना हुँदा २५ जना यात्रु घाइते भएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ९ : १३ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली