नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, देखियो ८ करोड बढी अवैध आम्दानी « Khabarhub

नागार्जुनका मेयर बस्नेतविरुद्ध भ्रष्टाचारको अर्को मुद्दा, देखियो ८ करोड बढी अवैध आम्दानी


२७ माघ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको छ ।

आयोगले नगर प्रमुख बस्नेतले आफ्नो कार्यकालमा आम्दानीको तुलनामा साढे आठ करोड बढी खर्च गरेको देखिएकोले खर्च तथा लगानीको स्रोत पुष्टि नभएको भन्दै मुद्दा दायर गरेको हो ।

अख्तियारले बस्नेत नगर प्रमुखको जिम्मेवारीमा हुँदा उनको परिवारले विभिन्न शिर्षकमा १९ करोड ९५ लाख ७४ हजार ८३२ रुपैयाँ २५ पैसा आम्दानी गरेको तर, सोही अवधिमा विभिन्न शिर्षकमा खर्च तथा लगानी भने २८ करोड ६५ लाख ६१ लाख ९६७ रुपैयाँ ९४ पैसा गरेको जनाएको छ ।

नगर प्रमुख बस्नेतको कार्यकालमा उनको परिवारले खर्च तथा लगानी गरेको ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत नदेखिएको भन्दै सोही बराबरको बिगो कायम गरी कैद तथा बिगो जरिबाना गर्नुपर्ने भन्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।

घिमिरेका अनुसार नगर प्रमुख बस्नेत सार्वजनिक सेवाको पदमा रहँदाको बखत गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरूबाट उनको श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात र खरिद गरिएका घरजग्गा जफत गर्नेगरी श्रीमतीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेको छ ।

यसअघि १४ पुसमा अख्तियारले घुस रिसवत लिई दिई भ्रष्टाचार गरेको सम्बद्ध कसूर भई सम्पत्ति शुद्धीकरण सम्बन्धीसमेत कसूर गरेको आरोपमा पहिलो भ्रष्टाचार मुद्दा चलाएको थियो ।

आयोगले बस्नेतबाट असुलउपर गर्नेगरी १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ ३३ पैसा बिगो कायम गरेको थियो । बस्नेतसँगै उनकी पत्नी उर्मिला बस्नेतविरुद्ध पनि मुद्दा लागेको थियो ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  ५ : ११ बजे

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य

ताप्लेजुङ गोल्डकप : झापा-११ सेमिफाइनलमा प्रवेश

ताप्लेजुङ– ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा झापा-११ फुटबल क्लब प्रवेश गरेको छ। 

रसुवामा उद्धार अभियान तीव्र, सेनाद्वारा १०९ जनाको हवाई उद्धार, सुरुङमा अझै मिलेन सफलता

काठमाडौं- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा

रसुवा बाढीका ८१ बेवारिसे शव देवघाटमा व्यवस्थापन गरियो (तस्बिरहरू)

चितवन– रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा पहिचान खुल्न